एमाले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच भेटवार्ताको तयारी
मेरोन्यूज
२०७८ असार २८ गते १०:५८

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच भेटवार्ताको तयारी भएको छ ।
आइतबार साँझ कार्यदल स्तरमा भएको १० बुँदे सहमतिप्रति दुबै पक्षबाट फरक/फरक धारणा आएपछि समान धारणा तय गर्न दुई नेताबीच भेटवार्ताको तयारी भएको हो । यद्धपी भेटवार्ताको समय भने तय भएको छैन ।
अध्यक्ष ओली समूहले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने प्रस्ताव सहित सर्वोच्चमा पेश गरेको हस्ताक्षर कार्यदलमा सहअमति भएसँगै निश्क्रिय भएको बताएको छ ।
नेता नेपाल पक्षले भने हस्ताक्षर फिर्ता नलिने अडान कायमै राखेको छ । स्थायी कमिटी बेठक बस्नु अघि साझा धारणा बनाउन पनि दुबै पक्ष छलफलमा बसन लागेका हुन् ।
सम्बन्धित
















प्रधानमन्त्रीको शपथअघि बालेनले ल्याए नयाँ गीत ‘जय महाकाली’
कर्मचारी सञ्चय कोष र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबीच सेवा प्रयोग गर्ने सम्झौता
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
‘गाईको बारेमा लेख भन्दा गधाको निबन्ध लेखेजस्तो भयो जाँचबुझ आयोगको प्रतिवेदन’
युद्धबारे वार्तामा गम्भीर हुन इरानलाई ट्रम्पको सुझाव
बक्स अफिसमा तहल्का मच्चाउँदै धुरन्धर २, अहिलेसम्मकाे कमाइ कति ?
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
नवनिर्वाचित सांसद गजुरेल र शर्मालाई नेपाल अटोमोबाइल्स एसोसिएसनको शुभकामना
चैत १० गते मंगलबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
प्रतिक्रिया