राष्ट्रपति र प्रधानमन्त्रीको आवेगपूर्ण कदम सच्चियो : कांग्रेस
मेरोन्यूज
२०७८ असार २८ गते १४:०६

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले राष्ट्रपति र प्रधानमन्त्रीको आवेगपूर्ण कदम सच्चिएको बताएका छन् । सर्वोच्च अदालतमा दायर भएको प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा फैसला गर्दै पुनःस्थापन गर्न आदेश दिएपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।
उनले लिक बाहिर धकेलिएको संविधानलाई ट्र्याकमा फर्काउने सर्वोच्च कदम सही भएको बताएका छन् ।
‘राष्ट्रपति र प्रधानमन्त्रीको आवेगपूर्ण कदम सच्याउँदै सम्मानित संवैधानिक इजलासको विवेकपुर्ण फैसला ! लिक बाहिर धकेलिएको संविधानलाई ट्र्याकमा फर्काउने कदम,’ प्रवक्ता शर्माले भने ।
‘केवल सरकार निर्माण होइन, इतिहास निर्माणको अवसरका रूपमा यसलाई उपयोग गर्नु पर्ने दायित्व कांग्रेसको काँधमा छ,’ उनले थपे ।
सम्बन्धित









एनपीएलमा सट्टाबाजी गराउने ८ भारतीय प्रकाउ
कांग्रेसले गरायो आयोगमा दल दर्ता
एनपीएलः अहिलेसम्म कुन टिमको कस्तो रह्यो प्रदर्शन ?
पत्रकार दीपेन्द्र खनियाँ मृत फेला
दृष्टिविहीन महिला टि–२० विश्वकपको उपाधि भारतलाई, नेपाल ७ विकेटले पराजित
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
प्रसाईंलाई २४ घण्टाभित्र बन्दीसहित अदालतमा उपस्थित गराउन आदेश
आज २०८२ साल मंसिर ६ गते शनिबारको राशिफल
प्रतिक्रिया