सर्वोच्चको फैसला संयुक्त विद्यार्थी संगठनद्वारा स्वागत
मेरोन्यूज
२०७८ असार २८ गते १४:४८

काठमाडौं । संयुक्त विद्यार्थी संगठनले सर्वोच्च अदालतले गरेको फैसलाको स्वागत गरेको छ । सर्वोच्चको फैसलापछि पाँच विद्यार्थी संगठनले प्रेस विज्ञप्ति जारी गर्दै फैसलाबाट संविधानको सर्वोच्चता र विधिको शासनको पुनस्खथापना भएको बताएका छन् ।
विद्यार्थी संगठनले फैसलाको देशभर स्वागत कार्यक्रम गर्न आह्वान गरेको छ । विज्ञप्तिमा भनिएको छ, ’संसद् पुनस्थापना सँगसँगै प्रधानमन्त्री केपी शर्मा ओलीको निरंकुश, अधिनायकवादी र स्वेच्छाचारी शासनको अन्त्य भएको छ । नेपालको विद्यार्थी आन्दोलन, जनताको आन्दोलन र सर्वोच्च अदालतको फैसलाले जननिर्वाचित सांसद जोगिएको मात्रै छैन कि जनताको सर्भवौम अधिकारको सम्मान भएको छ ।‘
प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ ८ गते प्रतिनिधि सभाको दोस्रो पटक विघटन गरेका थिए ।

सम्बन्धित
















प्रधानमन्त्रीको शपथअघि बालेनले ल्याए नयाँ गीत ‘जय महाकाली’
कर्मचारी सञ्चय कोष र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबीच सेवा प्रयोग गर्ने सम्झौता
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
‘गाईको बारेमा लेख भन्दा गधाको निबन्ध लेखेजस्तो भयो जाँचबुझ आयोगको प्रतिवेदन’
युद्धबारे वार्तामा गम्भीर हुन इरानलाई ट्रम्पको सुझाव
बक्स अफिसमा तहल्का मच्चाउँदै धुरन्धर २, अहिलेसम्मकाे कमाइ कति ?
मिथिलामा आज अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै
चैत १० गते मंगलबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
प्रतिक्रिया