सर्वोच्चको फैसला एउटा महत्वपूर्ण परिघटना : प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्च अदालतले गरेको फैसला इतिहासमै एउटा महत्वपूर्ण परिघटना भएको बताएका छन् ।
सर्वोच्च अदालतको फैसलापश्चात प्रतिक्रिया दिँदै प्रचण्डले यसलाई नेपाल र नेपाली जनताको जितको संज्ञा दिएका छन् । उनले आज सोमबार अदालतले गरेको फैसलाले संविधान र राष्ट्रको गरिमालाई उँचो राखेको प्रतिक्रिया दिएका हुन् ।
‘संविधान, लोकतान्त्रिक मूल्य मान्यता, र राष्ट्रिय हितको रक्षा आजको ज्वलन्त आवश्यकता बनेको थियो, त्यसकारण म सर्वोच्चको यो फैसलालाई स्वागत गर्दछु, मेरो र पार्टीको तर्फबाट र गठबन्धनको तर्फबाट सम्मानित सर्वोच्च अदालत, सम्माननीय प्रधानन्यायाधीश तथा अन्य न्यायाधीशहरूलाई हार्दिक बधाई तथा धन्यवाद भन्न चाहन्छु,’ प्रचण्डले भने, ‘उहाँहरूले संविधान र राष्ट्रको गरिमालाई उँचो बनाउनुभयो र न्यायालयको गरिमामयलाई पनि उँचो बनाउनुभयो ।’
यस्तै, प्रचण्डले पटकपटक प्रतिनिधिसभा विघटन र पटकपटक संविधानमाथि भएको प्रहारबाट आम नेपाली जनता आजित भएको बताए । सर्वोच्चको फैसला आम जनताको जीत र यो इतिहासमै एउटा महत्वपूर्ण परिघटना भएकाले इतिहासले सम्मान गरिराख्ने उनले बताए ।
















मौसम बदलीट: कुनकुन जिल्लामा भयो वर्षा र हिमपात ?
हामी देश बनाउने अभियानमा छौँ: अध्यक्ष ओली
हिमपातले अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालन
पाकिस्तानको उत्तरपश्चिममा हिमपहिरो, नौ जनाको मृत्यु
जेनजी सहिद परिवारका २७ जनालाई रोजगारीको व्यवस्था गरिएको छ
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
रास्वपाका उम्मेदवार जगदीश खरेललाई आयोगले सोध्यो तीन दिने स्पष्टीकरण
गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस
सभापति बनेपछि पहिलोपटक पार्टी कार्यालय सानेपा जाँदै गगन
प्रतिक्रिया