सर्वोच्चको फैसला एउटा महत्वपूर्ण परिघटना : प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्च अदालतले गरेको फैसला इतिहासमै एउटा महत्वपूर्ण परिघटना भएको बताएका छन् ।
सर्वोच्च अदालतको फैसलापश्चात प्रतिक्रिया दिँदै प्रचण्डले यसलाई नेपाल र नेपाली जनताको जितको संज्ञा दिएका छन् । उनले आज सोमबार अदालतले गरेको फैसलाले संविधान र राष्ट्रको गरिमालाई उँचो राखेको प्रतिक्रिया दिएका हुन् ।
‘संविधान, लोकतान्त्रिक मूल्य मान्यता, र राष्ट्रिय हितको रक्षा आजको ज्वलन्त आवश्यकता बनेको थियो, त्यसकारण म सर्वोच्चको यो फैसलालाई स्वागत गर्दछु, मेरो र पार्टीको तर्फबाट र गठबन्धनको तर्फबाट सम्मानित सर्वोच्च अदालत, सम्माननीय प्रधानन्यायाधीश तथा अन्य न्यायाधीशहरूलाई हार्दिक बधाई तथा धन्यवाद भन्न चाहन्छु,’ प्रचण्डले भने, ‘उहाँहरूले संविधान र राष्ट्रको गरिमालाई उँचो बनाउनुभयो र न्यायालयको गरिमामयलाई पनि उँचो बनाउनुभयो ।’
यस्तै, प्रचण्डले पटकपटक प्रतिनिधिसभा विघटन र पटकपटक संविधानमाथि भएको प्रहारबाट आम नेपाली जनता आजित भएको बताए । सर्वोच्चको फैसला आम जनताको जीत र यो इतिहासमै एउटा महत्वपूर्ण परिघटना भएकाले इतिहासले सम्मान गरिराख्ने उनले बताए ।
















प्रधानमन्त्रीको शपथअघि बालेनले ल्याए नयाँ गीत ‘जय महाकाली’
कर्मचारी सञ्चय कोष र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबीच सेवा प्रयोग गर्ने सम्झौता
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
‘गाईको बारेमा लेख भन्दा गधाको निबन्ध लेखेजस्तो भयो जाँचबुझ आयोगको प्रतिवेदन’
युद्धबारे वार्तामा गम्भीर हुन इरानलाई ट्रम्पको सुझाव
बक्स अफिसमा तहल्का मच्चाउँदै धुरन्धर २, अहिलेसम्मकाे कमाइ कति ?
मिथिलामा आज अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै
चैत १० गते मंगलबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
प्रतिक्रिया