एमाले स्थायी कमिटीकाे बैठकमा उपाध्यक्ष रावल पनि सहभागी

काठमाडौं । नेकपा एमाले स्थायी कमिटीको बैठकमा नेपाल पक्षका नेता डा.भीम रावल सहभागी भएका छन् । बैठक प्रधानमन्त्रीनिवास बालुवाटारमा बसिरहेको छ । रावल पार्टी एकता कायम गर्न गठित माधव नेपाल पक्षका कार्यदल संयोजक हुन् ।
कार्यदलले आइतबार पार्टीको एकता कायम राख्न १० बुँदे सहमति गरेको थियो । उक्त सहमतिलाई अनुमोदन गर्न आजको लागि स्थायी कमिटी बैठक बोलाएको थियो । तर, सर्वोच्च अदालतले प्रतिनिधि सभाको पुनस्थापना गरेपछि एमालेमा तरंग पैदा भएको छ । अध्यक्ष केपी शर्मा ओली पक्षले अदालको फैसलाको विरोध जनाएको छ भने नेपाल पक्षले स्वागत गरेको छ ।
स्थायी कमिटी बैठकमा सर्वोच्च अदालतले गरेको फैसलाको समिक्षा गर्न बताइएको छ । यसअघि अनौपचारिक छलफलमा पनि सर्वोच्च अदालतको फैसला र त्यसपछिका राजनीतिक घटनाक्रमबारे समिक्ष गरिएको बताइएको छ । बैठकमा मंगलबार बोलाइएको केन्द्रीय कमिटी बैठकका बारेमा पनि छलफल हुने जनाइएको छ ।
















प्रतिनिधिसभा सदस्यका लागि तीन हजार ४०६ जना उम्मेदवार
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
राष्ट्र निर्माण एकल प्रयासबाट मात्रै सम्भव छैन : गृहमन्त्री
स्याङ्जामा चार जनाले लिए उम्मेदवारी फिर्ता
विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
पर्सा–३ मा एमालेका रूपेश पाण्डेद्वारा उम्मेदवारी दर्ता
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
प्रतिक्रिया