नेपाल र अमेरिकाबीच लामो सहकार्य छ : अमेरिकी विदेशमन्त्री ब्लिकेन

वासिङटन डिसी । अमेरिकी विदेशमन्त्री एन्थोनी ब्लिकेनले नेपाल र अमेरिकाबीच लामो सहकार्य रहेको बताएका छन् ।
अमेरिकाले नेपाललाई प्रदान गरेको कोरोनाभाइरसविरुद्धको खोप नेपाल पुगेपछि उनले यस्तो धारणा सार्वजनिक सार्वजनिक गरेका हुन् ।
विदेशमन्त्री ब्लिकेनले आधिकारिक सामाजिक सञ्जालमा लेखेका छन्, “आज अमेरिकाले जोन्सन एन्ड जोन्सनको १५ लाख डोज खोप नेपाललाई प्रदान गरेको छ । हामीबीच रहँदै आएको लामो सहकार्य अहिले खोप आदानप्रदानमा मुखरित भएको छ । यसले नेपाली जनतालाई महाविपत्तिका बेला थप सुरक्षित राख्न मद्दत गर्नेछ ।”
यसैबीच, अमेरिकास्थित नेपाली दूतावासले एक विज्ञप्ति जारी गरी सहयोगका लागि अमेरिकी सरकार र जनतालाई हार्दिक आभार व्यक्त गरेको छ । अमेरिका र नेपालबीच ७३ वर्ष लामो दौत्यसम्बन्ध कायम छ ।
कोरोनाभाइरसविरुद्धको लडाइँमा अमेरिकी सरकारले नेपाललाई गरेको सहयोगअन्तर्गत खोप एउटा महत्वपूर्ण सहयोग हो । अमेरिकी खोप उत्पादक कम्पनी जोन्सन एन्ड जोन्सनको उक्त खोप एक मात्रा लगाए पुग्ने खोप हो । रासस
















मध्यपूर्वमा अमेरिकी सैन्य साइटहरूमा इरानको व्यापक आक्रमण
पर्वतको फलेवासमा आमाबा स्वास्थ्य कार्यक्रम सुरु
ग्रामीण भेगको प्रेमकथा ‘काजी’
जुम्लाको सामुदायिक विद्यालयका २४३ विद्यार्थीलाई पोसाक वितरण
प्रकृति टाढिँदा अस्तित्वको लडाइँमा लोपोन्मुख–सीमान्तकृत आदिवासी
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
चक्रपथ विस्तार गर्न चीनले ११ अर्ब अनुदान दिने
आशिष निर्माण सेवाका सञ्चालक गौली पक्राउ
ओमानसँग नेपाल १०२ रनले पराजित
प्रतिक्रिया