‘राष्ट्रिय जनमोर्चा तत्काल सरकारमा नजाने’

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन साथ दिएको राष्ट्रिय जनमोर्चा तत्काल सरकारमा सहभागी नहुने भएको छ । पार्टीका उपाध्यक्ष दुर्गा पौडेलका अनुसार पार्टीको बैठक बसेर निर्णय नहुँदासम्म सरकारमा सहभागी नहुने भएको हो ।
‘अहिलेसम्म पार्टीको निर्णय हुन सकेको छैन, पार्टीको आधिकारिक धारण नआएसम्म सरकारमा जाने भन्ने कुरा हुँदैन,’ उपाध्यक्ष पौडेलले भनिन्, ‘सायद केही दिनमा पार्टीको बैठक बसेर सरकार जाने वा नजाने भन्ने विषयको टुंगो लाग्ने छ ।’
कांग्रेस सभापति देउवाले आज साँझ ५ बजे प्रधानमन्त्रीको सपथ लिने भएका छन् । सर्वोच्च अदालतको अन्तरिम आदेशसँगै प्रधानमन्त्री बन्न लागेका देउवालाई नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्ष, नेकपा एमालेको माधव नेपाल पक्ष र राष्ट्रिय जनमोर्चा साथ दिएका थिए ।
देउवा प्रधानमन्त्री बन्ने भएसँगै माओवादी र जसपा सरकारमा जाने विषयमा बैठक बसिरहेको छ । उनीहरू आजै सरकारमा सहभागी हुने तयारी हुँदै गर्दा राष्ट्रिय जनमोर्चाले तत्काल सरकारमा सहभागी नहुने भएको हो ।
















भिरबाट लडेर वडासदस्यको मृत्यु
मिथिलामा रामजन्मोत्सव धुमधामका साथ मनाइँदै
डोटीमा घाँटीमा मासु अड्किँदा डोटीमा एक जनाको मृत्यु
नेपाली शान्ति सैनिकको अदलीबदली
दाङमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
बक्स अफिसमा तहल्का मच्चाउँदै धुरन्धर २, अहिलेसम्मकाे कमाइ कति ?
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
नवनिर्वाचित सांसद गजुरेल र शर्मालाई नेपाल अटोमोबाइल्स एसोसिएसनको शुभकामना
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
प्रतिक्रिया