‘राष्ट्रिय जनमोर्चा तत्काल सरकारमा नजाने’

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन साथ दिएको राष्ट्रिय जनमोर्चा तत्काल सरकारमा सहभागी नहुने भएको छ । पार्टीका उपाध्यक्ष दुर्गा पौडेलका अनुसार पार्टीको बैठक बसेर निर्णय नहुँदासम्म सरकारमा सहभागी नहुने भएको हो ।
‘अहिलेसम्म पार्टीको निर्णय हुन सकेको छैन, पार्टीको आधिकारिक धारण नआएसम्म सरकारमा जाने भन्ने कुरा हुँदैन,’ उपाध्यक्ष पौडेलले भनिन्, ‘सायद केही दिनमा पार्टीको बैठक बसेर सरकार जाने वा नजाने भन्ने विषयको टुंगो लाग्ने छ ।’
कांग्रेस सभापति देउवाले आज साँझ ५ बजे प्रधानमन्त्रीको सपथ लिने भएका छन् । सर्वोच्च अदालतको अन्तरिम आदेशसँगै प्रधानमन्त्री बन्न लागेका देउवालाई नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्ष, नेकपा एमालेको माधव नेपाल पक्ष र राष्ट्रिय जनमोर्चा साथ दिएका थिए ।
देउवा प्रधानमन्त्री बन्ने भएसँगै माओवादी र जसपा सरकारमा जाने विषयमा बैठक बसिरहेको छ । उनीहरू आजै सरकारमा सहभागी हुने तयारी हुँदै गर्दा राष्ट्रिय जनमोर्चाले तत्काल सरकारमा सहभागी नहुने भएको हो ।
















प्रकृति तथा पर्यावरण संरक्षणमा नेपाली सेनाको ५० वर्ष
हिमपातले सुदूरपहाडका राजमार्ग र विद्युत् सेवा अवरुद्ध, जनजीवन प्रभावित
40 days to HoR elections: Printing of 5 million ballot papers for PR system remaining
हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
निर्वाचनको बेला कार्यकर्ताको मनोबल खस्किने अभिव्यक्ति नदिन ओलीलाई पाण्डेको जवाफ
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
पर्सा–३ मा एमालेका रूपेश पाण्डेद्वारा उम्मेदवारी दर्ता
रुकुम पूर्वका जनताको भावना बुझेर यहाँकाे उम्मेदवार बनेको हुँ : प्रचण्ड
यी हुन् उज्यालो नेपाल पार्टीका उम्मेदवार (सूची)
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
प्रतिक्रिया