देउवा र प्रचण्डबीच भेट, मन्त्रिमण्डल गठनबारे छलफल

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ देउवा निवास बुढानीलकण्ठ पुगेका छन् । सर्वोच्च अदालतको आदेशसँगै आज मंगलबार प्रधानमन्त्री हुन लागेका देउवासँग मन्त्रिपरिषद गठनबारे छलफल गर्न प्रचण्ड देउवा निवास पुगेका हुन् ।
पेरिसडाँडामा पार्टी बैठक सकेर दाहाल देउवालाई भेट्न पुगेको माओवादीका एक नेताले जानकारी दिए । मन्त्रिपरिषद्को संख्या र सदस्यबारे टुंगो लगाउन छलफलमा जुटेका हुन् ।
देउवाले पहिलो चरणमा तीनजना मात्रै मन्त्री नियुक्त गर्ने तयारी गरेका छन् । उनले आफ्नो दल कांग्रेस र सत्ता साझेदारी गर्न लागेका दलहरूसँगको छलफलमा पहिलो चरणमा तीनजना मन्त्रीलाई मात्रै शपथ गराउने प्रस्ताव गरेका छन् ।
प्रधानमन्त्री बनेको ३० दिनभित्र संसद्मा विश्वासको मत लिनुपर्ने प्रावधान भएकाले त्यसअघि ठूलो मन्त्रिपरिषद् नबनाउने तयारी देउवा रहेका हुन् ।
















प्रधानमन्त्रीको शपथअघि बालेनले ल्याए नयाँ गीत ‘जय महाकाली’
कर्मचारी सञ्चय कोष र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबीच सेवा प्रयोग गर्ने सम्झौता
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
‘गाईको बारेमा लेख भन्दा गधाको निबन्ध लेखेजस्तो भयो जाँचबुझ आयोगको प्रतिवेदन’
युद्धबारे वार्तामा गम्भीर हुन इरानलाई ट्रम्पको सुझाव
बक्स अफिसमा तहल्का मच्चाउँदै धुरन्धर २, अहिलेसम्मकाे कमाइ कति ?
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
चैत १० गते मंगलबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
मिथिलामा आज अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
प्रतिक्रिया