देउवा र प्रचण्डबीच भेट, मन्त्रिमण्डल गठनबारे छलफल

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ देउवा निवास बुढानीलकण्ठ पुगेका छन् । सर्वोच्च अदालतको आदेशसँगै आज मंगलबार प्रधानमन्त्री हुन लागेका देउवासँग मन्त्रिपरिषद गठनबारे छलफल गर्न प्रचण्ड देउवा निवास पुगेका हुन् ।
पेरिसडाँडामा पार्टी बैठक सकेर दाहाल देउवालाई भेट्न पुगेको माओवादीका एक नेताले जानकारी दिए । मन्त्रिपरिषद्को संख्या र सदस्यबारे टुंगो लगाउन छलफलमा जुटेका हुन् ।
देउवाले पहिलो चरणमा तीनजना मात्रै मन्त्री नियुक्त गर्ने तयारी गरेका छन् । उनले आफ्नो दल कांग्रेस र सत्ता साझेदारी गर्न लागेका दलहरूसँगको छलफलमा पहिलो चरणमा तीनजना मन्त्रीलाई मात्रै शपथ गराउने प्रस्ताव गरेका छन् ।
प्रधानमन्त्री बनेको ३० दिनभित्र संसद्मा विश्वासको मत लिनुपर्ने प्रावधान भएकाले त्यसअघि ठूलो मन्त्रिपरिषद् नबनाउने तयारी देउवा रहेका हुन् ।















नेपाल राष्ट्र बैंकले आज (आइतबारका)का लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर
माघ १९ गते आइतबार, कुन राशिका लागि शुभ ?हेर्नुहोस् आजकाे राशिफल
टि–२० विश्वकपमा बङ्गलादेशलाई स्कटल्याण्डले प्रतिस्थापन गर्दै
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
प्रतिक्रिया