गृह मन्त्रालयमा तीन पार्टीको दाबी

काठमाडौं । विपक्षी गठबन्धनको सरकारमा गृहमन्त्रीमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)ले गृहमा दाबी गरिरहेका छन् ।
गठबन्धनको पक्षबाट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने निश्चित भएसँगै गृहमा तीन पार्टीले दाबी गरेको हो । प्रधानमन्त्री बनेलगत्तै देउवाले आजै सानो आकारको मन्त्रिपरिषद बनाउने तयारी गरिरहेका छन् । तर, सरकारमा तत्काल कसलाई लग्ने भन्ने टुङ्गो लागिसकेको छैन ।
मन्त्रिपरिषद्को विषयमा विपक्षी गठबन्धनले आज बिहान छलफल गरेको थियो । तर, मन्त्रीको विषयमा कुरा मिलेको छैन । माओवादीले मन्त्री छान्ने जिम्मामा अध्यक्ष पुषपकमल दाहाल ‘प्रचण्ड’लाई दिएको छ भने जसपाले कसलाई मन्त्री बनाउने भन्ने विषयमा छलफल गर्दै छ ।
मन्त्रिपरिषदमा प्रधानमन्त्रीपछि शक्तिशाली मानिने गृहमा नेपाली कांग्रेसबाट बालकृष्ण खाँणलगायतका नेताले दाबी गरेका छन् । तर, सभापति देउवाले महाधिवेशनमा सहयोग मिल्ने गरी उपसभापति विमेलेन्द्र निधीलाई बनाउने तयारी गरिरहेको जनाइएको छ । यस्तै माओवादी केन्द्रबाट नेता वर्षमान पुन र जनार्दन शर्माले गृह मन्त्रीमा दाबी गरिरहेको बताइएको छ ।
यस्तै, जसपा अध्यक्ष उपेन्द्र यादवले पनि गृह मन्त्रीमा दाबी गरिरहेको बुझिएको छ । विपक्षी गठबन्धनबाट एमालेको माधव नेपाल पक्ष सोमबार नै बाहिरिएको छ । राष्ट्रिय जनमोर्चाले तत्काल सरकारमा सहभागी नहुने जनाएको छ ।
















प्रधानमन्त्रीको शपथअघि बालेनले ल्याए नयाँ गीत ‘जय महाकाली’
कर्मचारी सञ्चय कोष र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबीच सेवा प्रयोग गर्ने सम्झौता
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
‘गाईको बारेमा लेख भन्दा गधाको निबन्ध लेखेजस्तो भयो जाँचबुझ आयोगको प्रतिवेदन’
युद्धबारे वार्तामा गम्भीर हुन इरानलाई ट्रम्पको सुझाव
बक्स अफिसमा तहल्का मच्चाउँदै धुरन्धर २, अहिलेसम्मकाे कमाइ कति ?
मिथिलामा आज अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
चैत १० गते मंगलबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
प्रतिक्रिया