गृह मन्त्रालयमा तीन पार्टीको दाबी

काठमाडौं । विपक्षी गठबन्धनको सरकारमा गृहमन्त्रीमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)ले गृहमा दाबी गरिरहेका छन् ।
गठबन्धनको पक्षबाट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने निश्चित भएसँगै गृहमा तीन पार्टीले दाबी गरेको हो । प्रधानमन्त्री बनेलगत्तै देउवाले आजै सानो आकारको मन्त्रिपरिषद बनाउने तयारी गरिरहेका छन् । तर, सरकारमा तत्काल कसलाई लग्ने भन्ने टुङ्गो लागिसकेको छैन ।
मन्त्रिपरिषद्को विषयमा विपक्षी गठबन्धनले आज बिहान छलफल गरेको थियो । तर, मन्त्रीको विषयमा कुरा मिलेको छैन । माओवादीले मन्त्री छान्ने जिम्मामा अध्यक्ष पुषपकमल दाहाल ‘प्रचण्ड’लाई दिएको छ भने जसपाले कसलाई मन्त्री बनाउने भन्ने विषयमा छलफल गर्दै छ ।
मन्त्रिपरिषदमा प्रधानमन्त्रीपछि शक्तिशाली मानिने गृहमा नेपाली कांग्रेसबाट बालकृष्ण खाँणलगायतका नेताले दाबी गरेका छन् । तर, सभापति देउवाले महाधिवेशनमा सहयोग मिल्ने गरी उपसभापति विमेलेन्द्र निधीलाई बनाउने तयारी गरिरहेको जनाइएको छ । यस्तै माओवादी केन्द्रबाट नेता वर्षमान पुन र जनार्दन शर्माले गृह मन्त्रीमा दाबी गरिरहेको बताइएको छ ।
यस्तै, जसपा अध्यक्ष उपेन्द्र यादवले पनि गृह मन्त्रीमा दाबी गरिरहेको बुझिएको छ । विपक्षी गठबन्धनबाट एमालेको माधव नेपाल पक्ष सोमबार नै बाहिरिएको छ । राष्ट्रिय जनमोर्चाले तत्काल सरकारमा सहभागी नहुने जनाएको छ ।
















हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
निर्वाचनको बेला कार्यकर्ताको मनोबल खस्किने अभिव्यक्ति नदिन ओलीलाई पाण्डेको जवाफ
निर्वाचन प्रहरी भर्नाः बागलुङमा तेस्रो पटक म्याद थप्दा पनि मागअनुसार आवेदन परेन
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
पर्सा–३ मा एमालेका रूपेश पाण्डेद्वारा उम्मेदवारी दर्ता
रुकुम पूर्वका जनताको भावना बुझेर यहाँकाे उम्मेदवार बनेको हुँ : प्रचण्ड
यी हुन् उज्यालो नेपाल पार्टीका उम्मेदवार (सूची)
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
प्रतिक्रिया