चिनियाँ सिनोफाम र सिनोभ्याक्स खोप कोभोक्स कार्यक्रममा संलग्न हुने

बेइजिङ । कोभिड–१९ विरूद्धको विश्वव्यापी खोप अभियानमा चिनियाँ सिनोफार्म र सिनोभ्याक्स खोप कोभोक्स कार्यक्रममा संलग्न हुने भएका छन् । चिनियाँ सिनोफार्म र सिनोभ्याक्स खोपले कोभिड–१९ खोप कार्यान्वयन योजना (कोभाक्स)सँग छुट्टा–छुट्टै रूपमा सहयोग सन्धिमा हस्ताक्षर गरेका सिनोफार्मका एक उच्च अधिकारीले बताएका छन् ।
उक्त सन्धि अनुसार विकासोन्मुख देशमा कोभिड–१९ महामारीको रोकथाम र नियन्त्रणका लागि यी दुई कम्पनीले जुलाइदेखि कोभाक्सलाई खोपको आपूर्ति गर्न थालेका छन् । जसले हाल विकासोन्मुख देशमा खोपको अभाव अवस्थालाई कम पार्न र खोपको निष्पक्ष वितरण गर्नका लागि सहयोग पुग्ने विश्वास गरिएको कोभ्याक्स खोप अभियानको मुख्य सहयोगी संस्था गाभीले बताएको छ ।
कोभ्याक्स कार्यक्रममा हालसम्म अस्ट्राजेनेका, मोडेर्ना, फाइजर, जोनसन एण्ड जोनसनलगायत विश्वका ११ खोपकम्पनी जोडिएका छन् । सहमतिले डेल्टा भेरिएन्टजस्ता कोभिडका नयाँ रूपले विश्व स्वास्थ्य प्रणालीमा सिर्जना गरेको जोखिमलाई नियन्त्रण गर्न सहयोगी भूमिका निर्बाह गर्नेछ । चीनमा निर्मित दुई खोप सिनोफार्म र सिनोभ्याक्सले तत्कालै एक करोड १० लाख खोप कोभ्याक्स खोप अभियानलाई दिनेछन् भने यसलाई बिस्तारै थप गर्दै जाने सहमति पनि भएको छ ।
















टि–२० विश्वकपमा बङ्गलादेशलाई स्कटल्याण्डले प्रतिस्थापन गर्दै
मौसम बदलीट: कुनकुन जिल्लामा भयो वर्षा र हिमपात ?
हामी देश बनाउने अभियानमा छौँ: अध्यक्ष ओली
हिमपातले अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालन
पाकिस्तानको उत्तरपश्चिममा हिमपहिरो, नौ जनाको मृत्यु
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस
रास्वपाका उम्मेदवार जगदीश खरेललाई आयोगले सोध्यो तीन दिने स्पष्टीकरण
सभापति बनेको ८ दिनपछि पार्टी कार्यालय प्रवेश गर्दै गगन थापा, प्रधानमन्त्रीको उम्मेदवार बनाइने
प्रतिक्रिया