अन्ततः देउवा धारा ७६ (५) काे प्रधानमन्त्री, साढे २ घन्टापछि लिए शपथ
मेरोन्यूज
२०७८ असार २९ गते २०:२२
काठमाडाैं । प्रधानमन्त्री नियुक्तिमा प्रयाेग गरिएकाे भाषाका विषयमा विवाद हुँदा ढिलाइ भएकाे नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाकाे शपथ साढे २ घन्टा पछि शुरू भएकाे छ ।
राष्ट्रपति कार्यालयले नियुक्तिमा प्रयाेग गरिएकाे भाषा सच्याएपछि देउवाकाे शपथ कार्यक्रम शुरू भएकाे हाे । राष्ट्रपति कार्यालयले देउवा संविधानकाे धारा अनुसार नभइ सर्वाेच्च अदालतकाे फैसलाअनुसार प्रधानमन्त्रीमा नियुक्त भएकाे जनाएकाे थियाे ।
राष्ट्रपतिको विज्ञप्ति नसच्चिएसम्म शपथ नलिने प्रधानमन्त्री देउवाले अडान लिएका थिए । संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त गरेको भनी उल्लेख गर्नुपर्ने उनले जिकिर गरेका थिए ।
शपथमा ढिलाइ भएपछि राष्ट्रपति कार्यालयमा भेला भएका शीर्ष नेता देउवासँगै छलफलमा जुटेका थिए ।
सम्बन्धित
















टि–२० विश्वकपमा बङ्गलादेशलाई स्कटल्याण्डले प्रतिस्थापन गर्दै
मौसम बदलीट: कुनकुन जिल्लामा भयो वर्षा र हिमपात ?
हामी देश बनाउने अभियानमा छौँ: अध्यक्ष ओली
हिमपातले अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालन
पाकिस्तानको उत्तरपश्चिममा हिमपहिरो, नौ जनाको मृत्यु
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस
रास्वपाका उम्मेदवार जगदीश खरेललाई आयोगले सोध्यो तीन दिने स्पष्टीकरण
सभापति बनेको ८ दिनपछि पार्टी कार्यालय प्रवेश गर्दै गगन थापा, प्रधानमन्त्रीको उम्मेदवार बनाइने
प्रतिक्रिया