शनिबार, माघ १०, २०८२

देउवा प्रधानमन्त्रीमा नियुक्त भएपछि के लगानीकर्तामा विश्वास बढेकाे हाे त ?

मेरोन्यूज २०७८ असार २९ गते २१:४९

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएपछि शेयर बजारमा सकारात्मक सुधार देखिएको छ । सोमाबार ओरालो लागेको शेयर बजार मंगलबार दोहोरो अंकले उकालो लागेको छ ।

आज शेयर कारोबार मापक नेप्से परिसूचक १६ दशमलव ३४ अंकले बढेर २ हजार ८७१ दशमवल ३ मा पुगेको छ । नेप्से ० दशमलव ५७ प्रतिशतले बढेको हो ।

यस्तै ‘क’ वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स ४ दशमलव ७४ अंकले बढेर ५३९ दशमलव ५१ मा पुगेको स्टक एक्सचेञ्जको तथ्याङ्कमा उल्लेख छ ।

कूल २२३ वटा कम्पनीको १ करोड २३ लाख ४८ हजार ३८९ कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब ५४ करोड ६३ लाख ५६ हजार २२४ रुपैयाँको कारोबार भएको छ ।

मंगलबार कारोबार भएका कूल १३ कम्पनी समूहमध्ये जीवनबीमा बाहेक अरु सबै समूहको परिसूचक बढेको छ । मंगलबार फाइनान्स कम्पनीको सेयरमा लगानीकर्ताको आकर्षण बढेको देखिएको छ ।

प्रतिक्रिया