देउवा प्रधानमन्त्रीमा नियुक्त भएपछि के लगानीकर्तामा विश्वास बढेकाे हाे त ?

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएपछि शेयर बजारमा सकारात्मक सुधार देखिएको छ । सोमाबार ओरालो लागेको शेयर बजार मंगलबार दोहोरो अंकले उकालो लागेको छ ।
आज शेयर कारोबार मापक नेप्से परिसूचक १६ दशमलव ३४ अंकले बढेर २ हजार ८७१ दशमवल ३ मा पुगेको छ । नेप्से ० दशमलव ५७ प्रतिशतले बढेको हो ।
यस्तै ‘क’ वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स ४ दशमलव ७४ अंकले बढेर ५३९ दशमलव ५१ मा पुगेको स्टक एक्सचेञ्जको तथ्याङ्कमा उल्लेख छ ।
कूल २२३ वटा कम्पनीको १ करोड २३ लाख ४८ हजार ३८९ कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब ५४ करोड ६३ लाख ५६ हजार २२४ रुपैयाँको कारोबार भएको छ ।
मंगलबार कारोबार भएका कूल १३ कम्पनी समूहमध्ये जीवनबीमा बाहेक अरु सबै समूहको परिसूचक बढेको छ । मंगलबार फाइनान्स कम्पनीको सेयरमा लगानीकर्ताको आकर्षण बढेको देखिएको छ ।
















Government decides to recommend President again for issuing ordinance related to Constitutional Council
होर्मुज जलडमरूमध्यमा अवरोधबीच तेल सङ्कटले एशिया–प्रशान्त क्षेत्रमा ठूलो प्रभाव : जापान
कार्यान्वयनयोग्य आयोजना प्रस्ताव गर्न प्रदेश सरकारको आग्रह
प्रहरीको सरुवा बढुवालाई निष्पक्ष र अनुमानयोग्य बनाउन गृहसचिव श्रेष्ठको निर्देशन
दुईदिने सार्वजनिक बिदाः पोखराको पर्यटनमा सकारात्मक प्रभाव
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
दुर्गम क्षेत्रमा भि-स्याटमार्फत सेवा प्रवाह गर्दै टेलिकम
प्रतिक्रिया