प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत चालु आवमा डेढ लाखले पाए ६० दिनको रोजगारी

काठमाडौं । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत चालू आर्थिक वर्षमा डेढ लाखभन्दा बढीले रोजगारी पाएका छन् । गत आर्थिक वर्षको भन्दा चालु आवमा रोजगारी पाउनेको संख्या र कार्यदिन दुवै बढेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।
गत आर्थिक वर्षमा १ लाख ५ हजार ३६५ ले रोजगारी पाएकामा चालु आवमा १ लाख ५५ हजार ५५९ जना रोजगारीमा संलग्न भएको सरकारको तथ्यांक छ । गत आवमा रोजगारी पाएका १ व्यक्तिको औसत १६ कार्यदिन रहेकामा यो वर्ष औसत ६० कार्यदिन पुगेको छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रमका राष्ट्रिय कार्यक्रम निर्देशक सुमन घिमिरेले तीन वर्षको तुलनामा यो वर्ष रोजगारी पाउनेको संख्या र कार्यदिन उल्लेख्य मात्रामा बढेपनि कोरोनाका कारण लक्ष्यानुसार सफलता पाउन नसकिएको बताए ।
सरकारले आगामी आवका लागि प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयन गर्न १२ अर्ब रुपैयाँ विनियोजन गरेको छ । जसबाट २ लाख व्यक्तिलाई न्यूनतम् १०० दिनको रोजगारी दिने सरकारको लक्ष्य छ ।
















अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
आज वैशाख शुक्ल पूर्णिमा: बुद्ध जयन्ती मनाइँदै
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
प्रतिक्रिया