प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत चालु आवमा डेढ लाखले पाए ६० दिनको रोजगारी

काठमाडौं । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत चालू आर्थिक वर्षमा डेढ लाखभन्दा बढीले रोजगारी पाएका छन् । गत आर्थिक वर्षको भन्दा चालु आवमा रोजगारी पाउनेको संख्या र कार्यदिन दुवै बढेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।
गत आर्थिक वर्षमा १ लाख ५ हजार ३६५ ले रोजगारी पाएकामा चालु आवमा १ लाख ५५ हजार ५५९ जना रोजगारीमा संलग्न भएको सरकारको तथ्यांक छ । गत आवमा रोजगारी पाएका १ व्यक्तिको औसत १६ कार्यदिन रहेकामा यो वर्ष औसत ६० कार्यदिन पुगेको छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रमका राष्ट्रिय कार्यक्रम निर्देशक सुमन घिमिरेले तीन वर्षको तुलनामा यो वर्ष रोजगारी पाउनेको संख्या र कार्यदिन उल्लेख्य मात्रामा बढेपनि कोरोनाका कारण लक्ष्यानुसार सफलता पाउन नसकिएको बताए ।
सरकारले आगामी आवका लागि प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयन गर्न १२ अर्ब रुपैयाँ विनियोजन गरेको छ । जसबाट २ लाख व्यक्तिलाई न्यूनतम् १०० दिनको रोजगारी दिने सरकारको लक्ष्य छ ।
















आयोगमा ३ जना समानुपातिक उम्मेदवारविरुद्ध उजुरी
निर्वाचन आयोगले सार्वजनिक गर्याे उम्मेदवारको वैयक्तिक विवरण
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँः संयोजक दाहाल
वाणिज्य बैंकको निष्क्रिय कर्जा ४.५५ प्रतिशत
पूजाको अर्धशतकमा नेपालले जिम्बाबेलाई हरायो,सुपर- ६ मा पुग्ने सम्भावना
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
यस वर्षको एसईई परीक्षा चैत १९ गतेदेखि
प्रतिक्रिया