जुलुससहित बालुवाटारबाट बाहिरिए ओली (तस्वीरहरू)
जुली गिरी
२०७८ असार ३० गते १२:२६

काठमाडौँ । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सरकारी निवास बालुवाटारबाट निस्केका छन् । उनी बालुवाटारबाट निस्किँदै गर्दा गेटदेखि नै नारा–जुलुस सुरु भएको छ ।
नेकपा एमालेका कार्यकर्ताहरूले ‘अघि बढ ओली बा, प्राण दिन तयार छौँ, केपी ओली हाई हाई’ लगायत नारा लगाएका छन् । उनी चढेको गाडीलाई युथ फोर्सका कार्यकर्ताले स्कर्टिङ गरेका छन् ।

झण्डै ४१ महिना बालुवाटार बसेका ओलीलाई कौशलटारमा नागरिक अभिनन्दन गरिने भएको छ । त्यसलगत्तै उनी आफ्नो निवास बालकोट पुग्नेछन् ।

सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश दिएसँगै पदमुक्त भएका ओलीले मंगलबार देशबासीको नाममा सम्बोधन गरेका थिए ।







जुली गिरी
मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।
सम्बन्धित

















प्रधानमन्त्रीद्वारा सोलुखुम्बुलगायत क्षेत्रमा निर्वाचन तयारीबारे जानकारी
टुँडिखेलमा महाशिवरात्रि तथा सेना दिवसको पूर्वाभ्यास
दैलेखमा चक्कु प्रहार गरेर एक किशोरको हत्या
प्रधानसेनापतिसँग युवा आदानप्रदान कार्यक्रममा सहभागीको भेट
‘करेन्ट’ लागेर मजदुरको निधन
भ्रष्टाचार नियन्त्रणमा नेपालको प्रगति देखिएन, ३४ अंक यथावत
टी–२० विश्वकपमा पाकिस्तानले गर्यो भारतसँग खेल्ने निर्णय
काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बस तामाकोशीमा खस्यो
जापानमा भारी हिमपात, ४६ जनाको मृत्यु
प्रतिक्रिया