माधव नेपाललाई कुनै हालतमा क्षमा हुँदैन, सरकार ढाल्ने उनै हुन् : केपी ओली

काठमाडौँ । निवर्तमान प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो निवास बालकोट पुगेर जाली झेलीहरूले आफूलाई हटाएको बताएका छन् । राम्रो काम गरिरहेको अवस्थामा जनादेशको कदरभन्दा परमादेशबाट आफूलाई हटाएको उनले दाबी गरे ।
छोटो मन्तव्य राख्दै ओलीले नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालप्रति खरो टिप्पणी गरेका छन् । माधव नेपालकै कारण आफ्नो विकासप्रेमी सरकार सत्ताबाट हट्नु परेको भन्दै उनले नेता नेपाललाई कुनै तवरबाट क्षमा नहुने बताए ।
‘चुनाव हारेर प्रधानमन्त्री बनेको होइन्, जालझेल गरेर प्रधानमन्त्री बनेको होइन, जनादेशबाट प्रधानमन्त्री भएको हो–जनादेशको मत हुँदै गर्दा विश्वमा कही नभएको प्रक्रिया अदालतको परमादेशबाट हटाइएको हो,’ नेता नेपाललाई लक्षित गरेर आक्रोश व्यक्त गरेका ओलीले भने, ‘परमादेशबाट सधै प्रधानमन्त्री बनाउने क्रम हुँदैन, हामी पनि हेर्छौँ, झुटा आरोप र लाच्छना हाम्रै पार्टीभित्र घुसपैठ भएर आफ्नै सरकार ढाल्न काम कहिलेसम्म होला र ?’
ओलीले माधव नेपाल जस्तो लाज सरम हराएको नेता कही नभएको बताए । उनले नेपाललाई कुनै हकमा क्षमा नदिने भन्दै भने, ‘पार्टीमा आएर काम गर्न चाहने नेताहरूलाई ठाउँ र अवसर दिन्छौँ, तर माधव नेपालको हकमा कुनै क्षमा हुँदैन, विकास गर्ने सरकार ढाल्ने उनै हुन्, माधव नेपाल जस्तो गद्दारलाई कुनै क्षमता दिन सकिँदैन ।’
यस्तै, ओलीले आफ्नो सरकारले सबै नेपालीलाई पुग्ने गरी कोरोना भाइरस (कोभिड–१९)विरुद्धको खोप ल्याएको दाबी गरे । उनले विभिन्न देशबाट खोप आउने क्रम जारी समेत भइरहेको बताए ।
















प्रधानमन्त्रीको शपथअघि बालेनले ल्याए नयाँ गीत ‘जय महाकाली’
कर्मचारी सञ्चय कोष र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबीच सेवा प्रयोग गर्ने सम्झौता
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
‘गाईको बारेमा लेख भन्दा गधाको निबन्ध लेखेजस्तो भयो जाँचबुझ आयोगको प्रतिवेदन’
युद्धबारे वार्तामा गम्भीर हुन इरानलाई ट्रम्पको सुझाव
बक्स अफिसमा तहल्का मच्चाउँदै धुरन्धर २, अहिलेसम्मकाे कमाइ कति ?
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
चैत १० गते मंगलबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
मिथिलामा आज अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
प्रतिक्रिया