शनिबार, माघ १०, २०८२

युवा संघले गरे आफ्नै नेताको पुत्ला दहन, घर घेराउ रोक्न सुरक्षामा कडाई (तस्वीरहरू)

जुली गिरी २०७८ असार ३० गते १६:१३

काठमाडौँ । निवर्तमान प्रधानमन्त्री तथा नेकपा एमालेको युवा संघका कार्यकर्ताले आफ्नै पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालको पुत्ला जलाएका छन् । बुधबार भक्तपुरको बालकोटस्थित पार्टी अध्यक्ष केपी शर्मा ओली निवास पुगेका कार्यकर्ता फर्किएर कोटेश्वरमा भेला भई नेता नेपालको पुत्ला जलाएका हुन् ।

उनीहरूलाई माधव नेपाल निवासमा जानबाट रोक्न प्रहरी सुरक्षा बढाएको छ । युवा संघका कार्यकर्ताले नेता नेपालको विराध गर्दै घर घेराउ गर्ने तयारी गरेसँगै सुरक्षा बढाएको हो ।

प्रधानमन्त्री पदबाट मुक्त भएसँगै ओलीलाई बालुवाटारदेखि युवा संघका कार्यकर्ताहरूले बालकोटसम्म मोटरसाइकल तथा गाडीले स्कर्टिङ गरेर पुर्‍याएका थिए ।

जुली गिरी

मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।

प्रतिक्रिया