प्रधानमन्त्री देउवा माधव नेपाल भेट्न नेपाल निवासमै जाने

काठमाडौं । एमालेका वरिष्ठ नेता माधव नेपाललाई भेटन प्रधानमन्त्री शेरवहादुर देउवा अहिले नेपाल निवास कोटेश्वर जाने तयारी गरेका छन् । दुई नेताका वीचमा अव केही समय पछि नेपाल निवासमा भेट वार्ता हुन लागेको हो ।
एमालेवाट जोखिम उठाएरै नेपालले देउवालाई प्रधानमन्त्री नियुक्तिका लागि साथ दिएका थिए । देउवाले नेपाल पक्षलाई पनि सरकारमा सहभागी हुन आग्रह गरेका थिए । तर नेपालले पार्टी एकताको प्रयास भईरहेकोले यसमा पछि छलफल गर्ने जवाफ यस अगाडी दिएका थिए ।
एमाले अध्यक्ष ओली देउवाको सपथमा नगएपनि नेपालले भने पुगेर पहिलो वधाइृ पनि दिएका थिए ।
नेपाल लाई ओलीले एमालेमा कुनै स्थान नुहने आजै बताईरहेका बेला प्रधानमन्त्री देउवा नेपाल निवास जान लागेका हुन् ।
नेपालसँग विहानै मात्र एमालेका उपाध्यक्ष वामदेव गौतमले झण्डै एक घण्टा र त्यसपछि माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पनि भेटवार्ता गरेका थिए ।
















टि–२० विश्वकपमा बङ्गलादेशलाई स्कटल्याण्डले प्रतिस्थापन गर्दै
मौसम बदलीट: कुनकुन जिल्लामा भयो वर्षा र हिमपात ?
हामी देश बनाउने अभियानमा छौँ: अध्यक्ष ओली
हिमपातले अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालन
पाकिस्तानको उत्तरपश्चिममा हिमपहिरो, नौ जनाको मृत्यु
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस
रास्वपाका उम्मेदवार जगदीश खरेललाई आयोगले सोध्यो तीन दिने स्पष्टीकरण
अराजकता मच्चाउनेलाई कारबाहीको दायरामा ल्याएरै छोडिन्छ : ओली
प्रतिक्रिया