ओलीकै बाेली बाेले बाँस्काेटाले, भने- माधव नेपाललाई पार्टीमा ठाउँ छैन

काठमाडाैं । नेकपा (एमाले)काे विवाद मिल्ने दिशामा अगाडि बढेकाे भनिएपनि अध्यक्ष केपी शर्मा ओली पक्ष वरिष्ठ नेता माधवकुमार नेपालमाथि खनिएका छन् । अध्यक्ष ओलीले आज बालकाेटबाट नेता नेपाललाई राष्ट्रिय गद्दार घाेषणा गर्दै उनलाई पार्टीमा कुनै स्थान नभएकाे बताएका थिए ।
ओली पक्षका नेता गाेकुल बाँस्काेटाले पनि आज काभ्रेपलाञ्चाेकबाट ओलीकाे साेही बाेली दाेहाेर्याएका छन् । पनाैती नगरपालिकालाई बालमैत्री नगर घाेषणा गर्न आयाेजित कार्यक्रममा उनले नेता नेपाललाई पार्टीमा कुनै पनि ठाउँ नरहेकाे बताए । ओली सरकारले सुख–समृद्धिको राष्ट्रिय मान्यता स्थापित गरेको जिकिर गर्दै उनले प्रधानमन्त्री ओली जनादेशले नभई परमादेशले बहिर्गमन भएको बताए ।
“नेपाली कांग्रेसलाई शुभकामना छ, अबको थप प्रक्रियामा बहुमत पुगोस्, तत्कालीन खिलराज रेग्मीको झैँ अवस्था नआओस्, काम शुरु भएका राष्ट्रिय गौरवका आयोजना सञ्चालन हुन, योजनाका बजेट नकाटियोस्”, उनले भने ।
















मौसम बदलीट: कुनकुन जिल्लामा भयो वर्षा र हिमपात ?
हामी देश बनाउने अभियानमा छौँ: अध्यक्ष ओली
हिमपातले अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालन
पाकिस्तानको उत्तरपश्चिममा हिमपहिरो, नौ जनाको मृत्यु
जेनजी सहिद परिवारका २७ जनालाई रोजगारीको व्यवस्था गरिएको छ
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
रास्वपाका उम्मेदवार जगदीश खरेललाई आयोगले सोध्यो तीन दिने स्पष्टीकरण
गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस
सभापति बनेपछि पहिलोपटक पार्टी कार्यालय सानेपा जाँदै गगन
प्रतिक्रिया