कांग्रेस पदाधिकारी बैठक स्थगित, शुक्रबार २ बजे बस्ने

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन र क्रियाशील सदस्यताबारे देखिएका विवादबारे छलफल गर्न बोलाईएको पदाधिकारी बैठक स्थगित भएको छ। प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाले आज दिउँसो २ बजे बस्ने गरी पदाधिकारी बैठक बोलाईएका थिए। देउवाको व्यस्तताका कारण बैठक स्थगित गरिएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
उनका अनुसार १४ औं महाधिवेशन केन्द्रित बैठक शुक्रबार दिउँसो २ बजे बस्ने तय भएको छ।
आज बस्ने बैठकमा सरकारमा सहभागी हुने मन्त्रीहरूबारे पनि छलफल गर्ने तयारी रहेको थियो । हालसम्म कांग्रेसबाट बालकृष्ण खाँण गृहमन्त्री र ज्ञानेन्द्रबहादुर कार्की कानुन मन्त्री भएका छन्। अन्य मन्त्रीहरू छान्न देउवालाई सकस छ।
यता बारा जिल्लाका नेता तथा कार्यकर्ता विगत पाँच दिनदेखि क्रियाशील सदस्य समांयोजन र नविकरण आफुखुसी छलफल गरेको भन्दै पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना दिइरहेका छन्।कांग्रेसले भदौ १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने भनेको छ।
















प्रधानमन्त्री बालेन भन्छन्- विद्यार्थी र कर्मचारी संगठनहरू दलको ‘स्लिपर सेल’ भए
ओमान विरुद्ध ब्याटिङ गर्दै नेपाल, दुई खेलाडी परिवर्तन
रोशी खोलामा फसेका ८९ यात्रुको उद्धार
दुई अमेरिकी युद्धपोतले इरानी आक्रमणका बीच पार गरे होर्मुज जलमार्ग
बढ्यो आज तरकारीको मुल्य
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
युरोपमा अमेरिकी प्रभाव घट्ने सङ्केत, जर्मनीबाट अमेरिकी सैनिक फिर्ता गर्ने योजना
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
प्रतिक्रिया