आइतबार, मंसिर ७, २०८२

कांग्रेस पदाधिकारी बैठक स्थगित, शुक्रबार २ बजे बस्ने

मेरोन्यूज २०७८ असार ३१ गते ७:०२

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन र क्रियाशील सदस्यताबारे देखिएका विवादबारे छलफल गर्न बोलाईएको पदाधिकारी बैठक स्थगित भएको छ। प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाले आज दिउँसो २ बजे बस्ने गरी पदाधिकारी बैठक बोलाईएका थिए। देउवाको व्यस्तताका कारण बैठक स्थगित गरिएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

उनका अनुसार १४ औं महाधिवेशन केन्द्रित बैठक शुक्रबार दिउँसो २ बजे बस्ने तय भएको छ।

आज बस्ने बैठकमा सरकारमा सहभागी हुने मन्त्रीहरूबारे पनि छलफल गर्ने तयारी रहेको थियो । हालसम्म कांग्रेसबाट बालकृष्ण खाँण गृहमन्त्री र ज्ञानेन्द्रबहादुर कार्की कानुन मन्त्री भएका छन्। अन्य मन्त्रीहरू छान्न देउवालाई सकस छ।

यता बारा जिल्लाका नेता तथा कार्यकर्ता विगत पाँच दिनदेखि क्रियाशील सदस्य समांयोजन र नविकरण आफुखुसी छलफल गरेको भन्दै पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना दिइरहेका छन्।कांग्रेसले भदौ १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने भनेको छ।

प्रतिक्रिया