मंगलबार, चैत २४, २०८२

बुधबार काठमाडौं मात्र ४३ हजारभन्दा बढी लगाए कोरोनाविरुद्धको खोप, अहिलेसम्मकै उच्च

५० वटा खोप केन्द्रबाट खोप दिइँदै

मेरोन्यूज २०७८ असार ३१ गते ८:५७

काठमाडौं । काठमाडौंमा बुधबार अहिलेसम्मकै ४३ हजारभन्दा बढीले कोरोनाविरुद्धको भेरोसेल खोप लगाएका छन् । जुन अहिलेसम्मकै उच्च हो । काठमाडौं स्वास्थ्य कार्यालयका प्रमुख बद्री बहादुर खड्काका अनुसार काठमाडौंमा बुधबार ४३ हजा ४५८ जनाले कोरोना विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाएका छन्।
खोप केन्द्रहरुमा भएको भिडका कारण आजदेखि दुई केन्द्र नरदेवीमा रहेको आयुर्वेद अस्पताल र कान्ति बाल अस्पताल थप गरी ५० वटा खोप केन्द्रबाट खोप दिन लागिएको उनले जानकारी दिए ।
सरकारले चीन सरकारबाट खरिद गरिएको भेरोसेल खोप अहिले ५५ वर्ष माथिका उमेर समूहका सबैलाई दिनका लागि २९ गतेदेखि अभियान सुरु गरेको छ । २९ गते अभियानको पहिलो दिन अर्थात मंगलबार १२ हजार ३७२ जनाले खोप लगाएका थिए । यो अभियान सकिएपछि साउन ४ गतेबाट ५० देखि ५४ वर्षकालाई जोन्सन एण्ड जोन्सन खोप लगाउन सुरु गरिनेछ ।

Advertisement
nepal life insurencenepal life insurence

प्रतिक्रिया