बुधबार काठमाडौं मात्र ४३ हजारभन्दा बढी लगाए कोरोनाविरुद्धको खोप, अहिलेसम्मकै उच्च
५० वटा खोप केन्द्रबाट खोप दिइँदै

काठमाडौं । काठमाडौंमा बुधबार अहिलेसम्मकै ४३ हजारभन्दा बढीले कोरोनाविरुद्धको भेरोसेल खोप लगाएका छन् । जुन अहिलेसम्मकै उच्च हो । काठमाडौं स्वास्थ्य कार्यालयका प्रमुख बद्री बहादुर खड्काका अनुसार काठमाडौंमा बुधबार ४३ हजा ४५८ जनाले कोरोना विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाएका छन्।
खोप केन्द्रहरुमा भएको भिडका कारण आजदेखि दुई केन्द्र नरदेवीमा रहेको आयुर्वेद अस्पताल र कान्ति बाल अस्पताल थप गरी ५० वटा खोप केन्द्रबाट खोप दिन लागिएको उनले जानकारी दिए ।
सरकारले चीन सरकारबाट खरिद गरिएको भेरोसेल खोप अहिले ५५ वर्ष माथिका उमेर समूहका सबैलाई दिनका लागि २९ गतेदेखि अभियान सुरु गरेको छ । २९ गते अभियानको पहिलो दिन अर्थात मंगलबार १२ हजार ३७२ जनाले खोप लगाएका थिए । यो अभियान सकिएपछि साउन ४ गतेबाट ५० देखि ५४ वर्षकालाई जोन्सन एण्ड जोन्सन खोप लगाउन सुरु गरिनेछ ।










तनावका बीच इरानले गर्याे क्षेप्यास्त्र परीक्षण
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
रवि लामिछाने र बालेनबीच भेटवार्ता
कांग्रेस क्रियाशील सदस्यताको फारम पुस ९ गते भित्र भर्नुपर्ने
क्षेप्यास्त्र कार्यक्रममा कुनै सम्झौता हुँदैन -इरान
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला
जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
प्रतिक्रिया