कांग्रेस वरिष्ठ नेता पौडेलले बोलाए आफू पक्षको बैठक
मेरोन्यूज
२०७८ असार ३१ गते १५:२८

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू पक्षको बैठक बोलाएका छन् । उनले पार्टीको १४ औं महाधिवेशन र समसामयिक राजनीति विषयमा छलफल गर्न बैठक बोलाएका हुन् ।
बैठकमा महामन्त्री शशांक कोइरालाको निवास महाराजगञ्जमा बस्ने जनाइएको छ । बैठकमा क्रियाशील सदस्यता विवादबारे पनि छलफल हुने बताइएको छ । यस्तै बैठकमा सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार जाने मन्त्रीको बारेमा पनि छलफल हुने जनाइएको छ ।
प्रधानमन्त्री देउवाले कांग्रेसबाट बालकृष्ण खाँणलाई गृहमन्त्री र ज्ञानेन्द्रबहादुर कार्कीलाई कानुन मन्त्री बनाएका छन् । उनीहरू दुबै देउवा निकट नेता हुन् । देउवाले पौडेल र कृष्णप्रसाद सिटौला तर्फबाट मन्त्री हुनेहरूको नाम मागेका छन् ।
सम्बन्धित
















टि–२० विश्वकपमा बङ्गलादेशलाई स्कटल्याण्डले प्रतिस्थापन गर्दै
मौसम बदलीट: कुनकुन जिल्लामा भयो वर्षा र हिमपात ?
हामी देश बनाउने अभियानमा छौँ: अध्यक्ष ओली
हिमपातले अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालन
पाकिस्तानको उत्तरपश्चिममा हिमपहिरो, नौ जनाको मृत्यु
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस
रास्वपाका उम्मेदवार जगदीश खरेललाई आयोगले सोध्यो तीन दिने स्पष्टीकरण
अराजकता मच्चाउनेलाई कारबाहीको दायरामा ल्याएरै छोडिन्छ : ओली
प्रतिक्रिया