टोकियो ओलम्पिकमा सहभागी हुने नेपाली टोलीलाई राष्ट्रपतिद्वारा बिदाइ

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले जापानको राजधानी टोकियोमा आयोजना हुने ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलमा सहभागिता जनाउने नेपाली टोलीलाई बिदाइ गरेकी छिन् ।
राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा उनले सफलताको शुभकामना दिएर नेपाली टोलीलाई बिदाइ गरिन् । सो अवसरमा उनले नेपाली टोलीको सेफ द मिसन रहनुभएका राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवाललाई राष्ट्रिय झण्डा हस्तान्तरण गरिन् ।
टोकियो ओलम्पिकमा नेपालबाट पाँच खेलाडी र चार प्रशिक्षकसहित २६ सदस्सीय टोलीले सहभागिता जनाउने छ । टोकियो ओलम्पिकमा पौडीमा गौरिका सिंह र एलेक्स शाह, एथलेटिक्समा सरस्वती चौधरी, सुटिङमा कल्पना परियार र जुडोमा सोनिया भट्टले प्रतिस्पर्धा गर्नेछिन् । सिंह दोस्रो पटक ओलम्पिक खेल्न लागेकी हुन् ।
अन्य चार खेलाडी पहिलो पटक ओलम्पिकमा सहभागी हुँदैछन् । सिंहले पहिलो पटक सन् २०१६ मा रियो ओलम्पिकमा सहभागिता जनाएकी थिइन् । नेपालमा आयोजित १३औँ दक्षिण एसियाली खेलकूद (साग)मा सिंहले पौडीमा चार स्वर्ण, दुई रजत र तीन कांस्य पदक प्राप्त गरेकी थिइन् । रासस

















समानुपातिकतर्फका सांसदहरूले पाए प्रमाण पत्र
म्याग्दीका २४ पर्यटकीय स्थलमा पूर्वाधार निर्माण योजना
जुम्लामा १ हजार २७७ किशोरीलाई एचपिभी खोप दिने
चितवनमा रगतको चरम अभाव, रेडक्रसद्वारा रक्तदान गर्न आह्वान
सूर्य नेपाल वेस्टर्न ओपन सुरू: पहिलो दिन ५ गल्फर शीर्षस्थानमा
सुर्खेतमा दुई छोराछोरीसहित आमा सम्पर्कविहीन, भेरी किनारमा भेटियो मोबाइल र झोला
रास्वपाकाे सांसद अभिमुखीकरण कार्यक्रममा मोबाइल निषेध, आफन्त पनि प्रतिबन्ध
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
एनआरएनए विश्व सम्मेलनको घोषणापत्रः लगानी, श्रमिक सुरक्षा र एकतामा जोड
प्रतिक्रिया