प्रदेश सरकारको गलत अभ्यास, अधिवेशन अन्त्य गराएर अध्यादेशबाट बजेट

काठमाडौं । प्रदेश सभाबाट बजेट पारित गराउन नसकेपछि लुम्बिनी प्रदेश सरकारले प्देश सभाको अधिवेशन नै अन्त्य गरेको छ ।
प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख धर्मनाथ यादवले बिहीबार रातीबाट लागू हुने गरी अधिवेशन अन्त्य गरेका हुन् ।
आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि सरकारले ल्याएको बजेटमाथि प्रदेश सभा सदस्यले उठाएको प्रश्नको विभागीइ मन्त्रीले बिहीबार बसेको प्रदेश सभा बैठकमा जवाफ दिएका थिए । मन्त्रीको जवाफप्रति असन्तुष्टि जनाउँदै विपक्षी गठवन्धनले बजेट पास हुन नदिने अडान लिएका थिए ।
विपक्षमा बहुमत हुने देखिएपछि मुख्यमन्त्री शंकर पोखरेल सहितका सत्तारुढ दलका सांसद प्रदेश सभाको बैठक हलबाट बाहिरिएका थिए ।
प्देश सभाबाट बजेट पास हुन नसकेपछि अब बजेट ल्याउ प्रदेश सरकारले अध्यादेशको बाटो रोज्ने भएको छ । संवैधानिक व्यवस्था अनुसार गत असार १ गते प्रदेश सरकारले प्रदेश सभामा बजेट पेश गरेको थियो ।
विपक्षी गठवन्धनको असहयोगका कारण लुम्बिनी प्रदेश सरकारले बजेट पारित गराउन नसकेको हो ।
बजेट पास गराउन नसकेपछि कर्णाली प्रदेश सरकारले पनि प्रदेश सभाको अधिवेशन अन्त्य गराएर अध्यादेशबाटै बजेट ल्याउने बाटो रोजेको थियो । कर्णालीबाट सुरु भएको अभ्यास अन्य प्रदेशले पनि अनुसरण गर्न थालेका हुन् ।
प्रदेश सभाको अधिवेशन अन्त्य गराएर अध्यादेशबाट बजेट ल्याएर प्रदेशहरुले गलत नजिर स्थापित गराएको कानूनका जानकारहरुले टिप्पणी गरेका छन् ।
















राष्ट्रियसभा सदस्य निर्वाचनः आज सातै प्रदेशमा मतदान हुँदै
नेपाल राष्ट्र बैंकले आज (आइतबारका)का लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर
माघ १९ गते आइतबार, कुन राशिका लागि शुभ ?हेर्नुहोस् आजकाे राशिफल
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
प्रतिक्रिया