ओलीले बैठक नरोक्ने अडान, एमाले एकता थप जटिल

काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले नेता माधव नेपाल पक्षको आग्रह अस्वीरका गरेका छन् । नेपाल पक्षले स्थायी समिति बैठक रोकेर पार्टी जोगाउन आग्रह गरेको हो ।
केही दिन बैठक रोकेर पार्टी एकतामा जोड दिन माग गर्दै उपाध्यक्ष भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुषाललगायतका नेताहरू ललितपुरस्थित तुलसीलाल अमात्य प्रतिष्ठान पुगेका थिए ।
बैठकस्थल पुगेर रावलसहित नेताहरूले पार्टी एकता जोगाउन र कार्यदलको प्रस्ताव कार्यान्वयन गर्न ओलीलाई आग्रह गरेका थिए । ओलीले बैठक नरोक्ने अडान दोहोर्याउँदै बैठक जारी राख्ने बताएका थिए । बैठकस्थलबाट बाहिरिने क्रममा उपाध्यक्ष भीम रावलले एमाले एकता प्रक्रिया थप जटिल बन्दै गएको बताए ।
‘अध्यक्षले बैठक आव्हान गरेपछि हामी बैठक रोक्न प्रस्ताव राख्यौ’, रावलले भने । ओलीको अभिव्यक्ति र व्यवहारले एमाले पार्टी एकता जटिल बन्दै गएको रावलले बताए ।









पोखरा फुटबल रङ्गशालामा फ्लड लाइट जडान कार्य अघि बढाउछौँः मन्त्री घिसिङ
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
नागरिकलाई अधिकार दिँदा सरकार कमजोर हुँदैन : अर्थमन्त्री खनाल
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
एनपिएलकाे अन्तिम खेल शनिबार: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक
आज उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै, कसले जित्ला एनपीएल ?
झापाबाट महामन्त्री विश्वप्रकाशसहित ६६ जनाको नाम सिफारिस
प्रतिक्रिया