आइतबार, मंसिर ७, २०८२

एमालेको कार्यदल खारेज, देउवाको विपक्षीमा उभिन निर्देशन

मेरोन्यूज २०७८ साउन १ गते १४:०९

काठमाडौँ । नेकपा एमालेले पार्टी एकता गर्न बनाएको १० सदस्यीय कार्यदल खारेज गरेको छ । शुक्रबार बसेको स्थायी समितिको बैठकले कार्यदल खारेज गरेको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

बैठकले १० बुँदे प्रस्तावलाई अनुमोदन गर्दै कार्यदल विघटन गरेको हो ।त्यस्तै बैठकले देउवा नेतृत्वको सरकारको विपक्षमा उभिन आफ्ना सांसदहरूलाई निर्देशन दिएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले ऐतिहासिक काम गरेको बैठकले निष्कर्ष निकालेको छ ।

प्रतिक्रिया