३ दिनसम्म व्यापक वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज देखि ३ दिनसम्म वर्षा हुने सम्भावना औल्याएको छ । मौसमविदहरुले यो समयमा ब्यापक वर्षाको सम्भावना देखिएको भन्द्यै सवैलाई विशेष सजगता अपनाउन भनेका छन् । साउन ४ गतेसम्म ब्यापक वर्षा हुने मौसम पूर्वानुमान महाशाखाको भनाई छ ।
मनसुनको न्यून चापीय रेखा नेपाल ९तराई० नजिकै आएर बसेकोले ४ गतेसम्म वर्षाको मात्रा वढ्ने देखिएको हो ।
मौसम पूर्वानुमानअनुसार आज दिउँसो देशमा धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ। यस क्रममा सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, बागमती, प्रदेश २ र १ का थोरै स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ।
यस्तै राति पनि देशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा जारी रहने सम्भावना छ। यस क्रममा सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र प्रदेश १ का थोरै स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।















विश्वकप अभ्यास : अन्तिम खेलमा श्रीलंकामाथि नेपालको शानदार जित
राष्ट्रियसभा निर्वाचनः दुई सिटका लागि बागमती र गण्डकीमा छ / छ जना प्रतिस्पर्धामा
राष्ट्रियसभा सदस्य निर्वाचनः आज सातै प्रदेशमा मतदान हुँदै
नेपाल राष्ट्र बैंकले आज (आइतबारका)का लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस
रास्वपाका उम्मेदवार जगदीश खरेललाई आयोगले सोध्यो तीन दिने स्पष्टीकरण
प्रतिक्रिया