उत्तरी गोरखामा हेलिकप्टरमार्फत पुर्याइयो खोप

गोरखा । उत्तरी गोरखाको चुमनुव्री गाउँपालिकामा हेलिकप्टरमार्फत कोरोनाविरुद्धको खोप पुर्याएको छ । मौसम खराबीका कारण यसअघि नै पुर्याउने भनिएको खोप आज मात्र चुमनुव्रीका विभिन्न खोप केन्द्रमा पुर्याइएको स्वास्थ्य कार्यालय गोरखाका खोप शाखाका प्रमुख ऋषिराम खत्रीले जानकारी दिए ।
जेठको अन्तिम सातादेखि परेको अविरल वर्षाका कारण उत्तरी गोरखाको चमनुव्रीका सडक, पैदल र खच्चड हिड्ने बाटो अवरुद्ध भएकाले हेलिकप्टरमार्फत खोप ढुवानी गरिएको उनले बताए ।
“सडक मार्गबाट खोप लैजान सक्ने अवस्था नरहेकाले हेलिकप्टरमार्फत खोप पुर्याएको हो”, शाखा प्रमुख खत्रीले भने, “शुक्रबार नै लैजाने भनिए पनि मौसम खराबीका कारण आज मात्र खोप ढुवानी गरिएको छ ।”
भेरोसिल खोपको तीन हजार डोज माउन्टेन चाइल्ड नामक अन्तराष्ट्रिय गैरसरकारी संस्थाको सहयोगमा हेलिकप्टर चार्टर गरेर चुमनुव्री पुर्याएको प्रमुख खत्रीले बताए । चुमन्रवी पुर्याइएको खोप गाउँपालिका भित्रका १८ वर्षदेखि माथिका उमेर समूहका सबैलाई लगाइने उनको भनाइ छ ।
सो क्षेत्रमा तीन हजार ७०८ नागरिक बस्दै आएका छन् । केहीले यसअघि नै खोप लगाइ सकेका र केही राजधानीमा बसोबास गर्दै आएका कारण तीन हजार डोज भए पुग्ने अनुमान गरिएकोे प्रमुख खत्रीले जानकारी दिए ।










यी हुन् सबैभन्दा बढी कर तिर्ने करदाता
प्रहरीको आग्रह : एनपीएलको पहिलो दिनको टिकट बिक्री भइसक्यो, बाहिर भीड नगरौँ
शेख हसिना विरुद्धको फैसलाअघि बङ्गलादेशमा कडा सुरक्षा
लिम्बू समुदायहरुको पर्व चासोक तङनाम सुरु
क्रिकेटप्रेमीको सपनाः एनपिएलको नयाँ अध्याय
आज कात्तिक कात्तिक २९ गते शनिबार, कस्ताे रहला तपाइकाे राशिफल ?
सन्तोष परियारले छाडे रास्वपा
नेपाली कम्युनिस्ट पार्टीले पायो दल दर्ताको प्रमाणपत्र
सन्तोष परियारले किन त्यागे रास्वपा ? यस्ताे छ उनकाे राजीनामा पत्र
भण्डारीले गरे नेपाली समाज टेक्सासको अध्यक्षमा उमेदवारी घोषणा
प्रतिक्रिया