माधव नेपाल पक्षका यी सांसदले देउवालाई मत नदिने
मेरोन्यूज
२०७८ साउन ३ गते २०:४१
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई नेकपा एमालेका नेता माधव कुमार नेपाल पक्षका केही सांसदले विश्वासको मत नदिने भएका छन् । उनीहरूले विश्वासको मत नदिई तटस्थ बस्ने निर्णय गरेका हुन् ।
एमाले माधव पक्षका सांसदहरू घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र योगेश भट्टराईलगायत केही नेताहरू तटस्थ बस्ने भएका हुन् ।
उनीहरू पार्टी एकता जोगाउन भन्दै तटस्थ बस्ने भएका हुन् । यसअघि नेता नेपाल पक्षकै सांसद भीम रावलले पदबाट राजीनामा दिएका थिए । देउवाको विपक्षमा मतदान गर्न प्रस्ताव राखेसँगै नेता भुसालले त्यसो नगर्ने बताएपछि रावलले पदबाट राजीनामा दिएका हुन् ।
रावलको राजीनामासँगै नेपाल पक्षका नेताहरूले मतदान गर्ने वा तटस्थ बस्ने भन्नेबारे छलफल गरेका थिए । यस क्रममा केही सांसदहरू तटस्थ बन्ने निर्णय गरेको हो ।
सम्बन्धित















कोशीमा रोशनी मेचे राष्ट्रिय सभा सदस्य निर्वाचित
देशभर ‘महिन्द्रा केयरफेस्ट २०८२’ सुरु, आकर्षक छुटका साथै बम्पर उपहारमा इलेक्ट्रिक स्कुटर
राष्ट्रियसभा निर्वाचनः कर्णालीमा १९१ मत खस्यो
सन्तोष परियारले गरे बिहे
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
प्रतिक्रिया