ब्राउन सुगरसहित वडाध्यक्ष पक्राउ
मेरोन्यूज
२०७८ साउन ४ गते १०:५७
काठमाडौँ । पर्सा पकाहामैनपुर गाउँपालिकाका अध्यक्ष अमेरिका सहनी लागु औषध ब्राउन सुगरसहित पक्राउ परेका छन् । उनीसँगै थप २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
आइतबार राति इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको टोलीले गाउँपालिका अध्यक्षसहित तीन जनालाई पक्राउ गरेको हो । उनीहरूको साथबाट ७९ ग्राम ब्राउनसुगर फेला परेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्ने अन्य दुई जनामा ४० वर्षीय बलिष्टर सहनी र ५२ वर्षीय रामआदेश सहनी रहेका छन् ।
उनीहरूलाई इलाका प्रहरी कार्यालय पोखरियाको हिरासतमा राखेर लागु औषधसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
सम्बन्धित















आज कुन तरकारि एवम् फलफुलकाे मूल्य कती ?
इरानले अमेरिकासँग राखेको १० बुँदे योजनामा के छ ?
यस्तो छ आज (बुधबार) विदेशी मुद्राको विनिमयदर
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
चितवनमा सहचालकले बस ब्याक गर्दा …
प्रतिक्रिया