देउवा सरकारबारे ओलीको कडा टिप्पणी
टालाटुली बाटुली कति राम्री पुतली भने जस्तै सरकार
एमाले चिचिलो काँक्रोजस्तो हो, अरूले औंला ठडाएर देखाउँदा झरेर जाने चिज होइन

कठमाडौं । एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरवहादुर देउवा नेतृत्वको सरकारलाई टालाटुली बाटुली जस्तै सरकार भएको टिप्पणी गरेका छन् ।
प्रधानमन्त्री देउवाको सपथ ग्रहणमा समेत उपस्थित नभएका र संसदमा देउवाले विश्वासको मत लिदासम्म पारम्भिक चरणमा उपस्थित नभई एकैपटक मतदानका बेलामा मात्र उपस्थित भएर देउवालाई वधाई दिएर वसेका ओलीले पार्टी केन्द्रीय समिति बैठकमा देउवा सरकारबारे टिप्पणी गरेका हुन् ।
आइतबार देउवाले संसदमा लिएको विश्वासको मत प्रति पनि कटाक्ष गदै ओलीले कबाडीको रिसाइकलबाट भाँडाकुडा बटुलेर बनेको टालाटुली बाटुली कति राम्री पुतली भन्ने खालको मात्रै देउवाको सरकार भएको टिप्पणी गरेका हुन् ।
शसक्त प्रतिकारका लागि तयार होऔं
ओलीले देउवा नेतृत्वको सरकारले अव सत्ताको चरम दुरुपयोग गरेर एमालेमाथी पहिलो निसाना साध्न सक्ने भएकाले त्यसको शसक्त प्रतिरोधका लागि तयार हुनुपर्ने पनि वताएका छन् । ‘अब सत्ताको दुरूपयोग गरेर हामीमाथि हमला सुरू गर्छन्। जनविरोधी काम सुरू गर्छन्, हाम्रो पंक्तिमाथि हुने सम्भाव्य षडयन्त्र र आक्रमण अनुमान गरेका छौं,’ ओलीले केन्द्रीय समिति बैठकलाई शुरुमै सम्वोधन गदै भने,-‘त्यसैले सत्ताको दुरुपयोग रोक्न र एमाले विरुद्दको आक्रमण रोक्न पनि शसक्त प्रतिरोधको तयारीमा जुट्नुपर्छ ।’
कग्रेससग एमालेको शुरु देखि नै द्दन्द्द रहेको र माओवादी अपराधिक कर्मवाट आएको पार्टी भएकोले पनि उनीहरुले जुनकुनै वेला एमालेमाथी आक्रमणको नीति लिन सक्ने भएकाले सचेत हुनुपर्ने ओलीको भनाई थियो ।
‘कांग्रेस विगतदेखि नै आफैं आक्रमण गर्ने आफैं मुद्दा हाल्ने प्रवृत्तिको पार्टी हो। माओवादी शिथिल छ नत्र ऊ पनि अपराधको कर्मबाट आएको पार्टी हो,’ ओलीले वैठकमा भने,‘विगतलाई फर्केर हेर्दा हामी आवश्यकताअनुसार परिआए जुझारू ढंगले सशक्त प्रतिवाद गर्न तयार हुनु पर्दछ।’
बैठक सच्चाइयो
नेकपा एमालेभित्र पार्टीको केन्द्रीय समिति बैठक कतिऔं भन्नेमा पनि विवाद थियो । नेपाल पक्षले १० औं वैठक भन्नुपर्ने र त्यहीवाट आरम्भ गर्नुपर्ने मत राखिरहेको थियो । तर ओलीले भने केन्द्रीय कमिटि बैठक बोलाउँदा १४ औं बैठकको लागि भन्दै आमन्त्रण गरेका थिए ।
तर माधव नेपाल पक्ष अझै पनि बैठकमा सहभागी भएको छैन । एमालेकै वरिष्ठ नेता माधव नेपाल सहित २२ सांसदले देउवाको पक्षमा आइतबार संसदमा विश्वासको मत दिएका थिए ।
नेपाल सहित देउवाको पक्षमा मतदान गर्नेलाई २४ घण्टे स्पष्टिकरण सोध्ने र त्यसपछिको बैठकले यस विषयमा निर्णय लिने प्रस्ताव राख्दै ओलीले नेपाल एमाले भत्काउने दिशामा मात्र लागेको आरोप लगाएका थिए ।
नेपालप्रति निक्कै आक्रामक रुपमा प्रस्तुतु भएका ओलीले भोलि दिउासो ३ वजे बैठक राखेर त्यसपछि स्पष्टिकारण समेत हेरेर २२ सांसदका बारेमा थप निर्णयमा पुग्ने पनि सम्वोधनका क्रममा बताएका थिए ।
‘हामीले १० बुँदे स्वीकार गर्यौं, माधव नेपालले मानेनन्। हिजोसम्म बैठकमा आउन आह्वान गर्ने भन्ने आयो। तर कोटेश्वर घर पुगेका कार्यदलका सदस्यलाई अल्पमतको बैठकमा जान्न भन्ने जवाफ दिएरे,’ ओलीले भने, ‘भीम रावलहरूले देउवालाई विश्वासको मत नहालौं, पार्टी एकतावद्ध बनाऔं भन्दा म विधि९निर्णय मान्दिनँ, एक्लै भए पनि भोट हाल्छु भनेर हप्काएर पठाए छन् रे।’ ओलीले पार्टीलाई गुटवन्दीको महारोगले ग्रस्त पारेकोले अव त्यसलाई तोडेर अगाडी जानुपर्ने वताएका थिए ।
एमाले भित्रको विवाद मिलाउन दुवै तर्फका नेताहरु सम्मििलत कार्यदलले तयार पारेको १० वुदे प्रस्तावलाई पनि एमाले केन्द्रीय समितिले अनुमोदन गरेको छ ।
प्रतिक्रिया