मंगलबार, माघ १३, २०८२

प्रधानमन्त्री देउवा पुगे प्रचण्ड निवास

मेरोन्यूज २०७८ साउन ५ गते १७:१६

काठमाडौँ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न खुमलटार पुगेका छन् ।

आज मंगलबार बिहान मात्रै प्रधानमन्त्री देउवालाई भेट्न प्रचण्ड प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए । सत्ता गठबन्धन निर्माणका लागि सहयोगी बनेका एमालेका वरिष्ठ नेता माधव नेपाल र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवलाई माधव नेपालको निवासमा भेटेर प्रचण्ड प्रधानमन्त्री भेटन बालुवाटार पुगेका थिए ।

त्यहाँ देउवासँग प्रचण्डले झण्डै ढेड घण्टा छलफल गरेर साढे १२ बजे बाहिरिएका थिए ।

प्रतिक्रिया