सोमबार, माघ १२, २०८२

सांस्कृतिक विविधता भित्रको एकताले नै राष्ट्रिय भावनालाई अझ बलियो बनाउँछः राष्ट्रपति भण्डारी

मेरोन्यूज २०७८ साउन ६ गते ८:४५

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सांस्कृतिक विविधता भित्रको सुदृढ एकताले नै राष्ट्रिय भावनालाई अझ बलियो बनाउन योगदान गर्ने बताएकी छन् ।

मुस्लिम समुदायको महान् पर्व इद उल अज्हा (बकर इद) का अवसरमा शुभकामना दिंदै राष्ट्रपति भण्डारीले स्वदेश तथा विदेशमा रहेका नेपाली मुसलमानमा सुख, शान्ति, समृद्धि तथा दीर्घायुको कामना गरेकी छन् ।

उनले आपसी रिस, राग र द्वेषलाई बिर्सेर एकापसमा खुशी, सद्भाव तथा शुभकामना आदान प्रदान गरी मनाइने यस्ता पर्वका माध्यमबाट विभिन्न जातजाति तथा समुदायको मौलिक संस्कृति र परम्पराको संरक्षण एवं संवर्दनका साथै जातीय, धार्मिक एवं सांस्कृतिक विविधताबीच आपसी सद्भाव, सहिष्णुता र मेलमिलाप अभिवृद्धि हुने उल्लेख गरेकी छन् ।

उनले कोभिड–१९ को सङ्क्रमण अझै कायम रहेकाले यसबाट जोगिन जनस्वास्थ्यका मापदण्डका साथै निषेधाज्ञाका नियमको पालना गर्दै सावधानीका साथ यो पर्व मनाउन पनि आग्रह गरेकी छन् ।

प्रतिक्रिया