प्रदेश प्रमुख कलौनीद्वारा ‘बकर इद’को शुभकामना

सुर्खेत । कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीले इस्लाम धर्मावलम्बीहरूको महान् पर्व इद–उल–जोहा अर्थात् बकर इद (हिजरी संवत् १४४२) को अवसरमा मुसलमान समुदायलगायत सम्पूर्ण नेपालीलाई सुस्वास्थ्य, दीर्घायु एवं प्रगतिको कामना गरेका छन् ।
उनले जारी गरेको शुभकामना सन्देशमा भनिएको छ, “इस्लामले बकर इद (इद–उल–जोहा) र इद–उल–फितर गरी दुईवटा पर्व प्रचलनमा ल्याएअनुसार इद–उल–फितर अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद इस्लाम धर्मावलम्बीहरु बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्ने र आपसमा अङ्कमाल गर्दै शुभकामना आदान–प्रदान गर्ने प्रचलन रहिआएको छ । जो हाम्रो सम्पदा हो । यसरी मनाइने ‘बकर इद’ले हामीबीच सामाजिक सद्भाव र एकता अभिवृद्धि गर्ने विश्वास लिएको छु ।”
बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधतायुक्त हाम्रो समाजमा मनाइने यस प्रकारका चाडपर्वहरूको संरक्षण, संवर्दन र प्रवर्दन गर्नु सबैको साझा दायित्व भएको बताउँदै प्रदेश प्रमुख कलौनीले कोभिड–१९ को महामारीबाट आफू बच्न र अरुलाई बचाउन नेपाल सरकारले लागू गरेको स्वास्थ्य मापदण्ड पालना गरी घरमै धार्मिक क्रियाकलाप गर्न अनुरोध गरेका छन् ।
















कांग्रेस सभापति गगन थापा सर्लाहीमा
जुम्लामा हिमपातपछि जनजीवन कष्टकर,
जन्ममिति बदलेर सरकारी निकायलाई राखियो गुमराहमा, अझै छानबिनको टुङ्गो लागेन
नेपालगञ्ज पुगे बालेन
दल र उम्मेदवारका ‘एजेन्डा’माथि मतादाताको चासो
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ : सभापति थापा
राष्ट्रिय लिग फुटबलः सातदोबाटोको पहिलो जित
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
प्रतिक्रिया