प्रधानमन्त्रीको प्रतिबद्धतामा गगन थापाको कडा टिप्पणी

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुुर देउवाले नेकपा एमालेका नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालको उपचारमा लाग्ने खर्च बेर्होने प्रतिबद्धतासँगै गगन थापाले विरोध जनाएका छन् ।
नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवाले हिजो मंगलबार फोन गरी भारतमा उपचारारत खनाललाई सबै खर्च सरकारले बेर्होने बताएका थिए । प्रधानमन्त्री देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की श्रीमती सीता दाहाललाई जाँदा प्रचण्ड निवास खुमलटारबाट खनाललाई फोन गरेका थिए ।
‘२०७४ सालमा बनेको जनस्वास्थ्य ऐनमा हाम्रै पहल र संशोधनमा ‘प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिलाई विदेशमा उपचार गर्नु परेमा सोको लागि लाग्ने खर्च नेपाल सरकारबाट उपलब्ध गराइने छैन,’ प्रधानमन्त्रीको प्रतिबद्धतापछि नेता थापाले भने, ‘उक्त कानून २०७५–६–२ गतेदेखि लागू भइसकेको छ,’
यो कानून कार्यान्वयनमा आइसकेकाले नेपालका बहालवाला राष्ट्रपति, प्रधानमन्त्रीदेखि कसैले विदेशमा भएको उपचार खर्च नेपाल सरकारले व्यहोर्न नपर्ने नेता थापाले बताएका छन् । उनले कानूनको व्यवस्थासम्बन्धमा सम्मानीय प्रधानमन्त्री प्रष्ट भएको विश्वास लिँदै सो प्रतिबद्धताबाट पछि हट्न संकेत गरेका छन् ।
‘जहाँसम्म पूर्व प्रधानमन्त्री खनालको उपचार सन्दर्भ छ, हामी सबै उहाँको शीघ्र स्वास्थ्य लाभको कामना गरिरहेका छौँ, नेपालको लोकतान्त्रिक आन्दोलनमा अभूतपूर्व योगदान पुर्याउनु भएका झलनाथ खनालले पछिल्लोपटक निजी नाफा घाटाको हिसाब नगरी संविधान र लोकतन्त्रको पक्षमा आफूलाई जसरी उभ्याउनु भएको छ यसले उहाँको कद अझ बढेको छ,’ खनालको स्वास्थ्य लाभको कामना गर्दै थापाले भने, ‘झलनाथ खनालको समेत अडान र नेतृत्वदायी भूमिकाले जोगिएको संसदमा सँगै काम गर्न हामी प्रतीक्षारत छौँ, मलाई विश्वास छ हाम्रो चाहना छिटै पूरा हुनेछ ।’
थापाले नेता खनालको उपचार गर्न परिवार, पार्टी पंक्ति लागिरहेको बताउँदै उपचार खर्च जुटाउनु पर्ने अवस्था आए देश विदेशमा रहेका सबै नेपाली हरदम तयार हुने बताए । ‘यस्तो बेलामा उहाँको विदेशमा गरेको उपचार खर्च सरकारले व्यहोर्ने भन्ने विषय उठाएर उहाँको अनावश्यक टिप्पणी गरेर उहाँ र उहाँको परिवारलाई दुःखी नबनाऊँ,’ उनले भने ।

















माघ मसान्तसम्म ४० प्रतिशत बजेट खर्च, विकास खर्च १५ प्रतिशतमा खुम्चियो
Price of gold and silver declines in domestic market
लोकतान्त्रिक मूल्य र आदर्शलाई थप सशक्त बनाउन पार्टीको अभियानमा साथ दिन कांग्रेसको आग्रह
Bangladesh nationalists claim big election win, Islamists cry foul
PM tabling Muslim Commission’s report in National Assembly
भ्रष्टाचार नियन्त्रणमा नेपालको प्रगति देखिएन, ३४ अंक यथावत
जापानमा भारी हिमपात, ४६ जनाको मृत्यु
रामेछाप बस दुर्घटना : मृतक १० जनाको पहिचान खुल्यो (नामसहित)
टी-२० विश्वकपमा पाकिस्तानकाे दोस्रो जित,अमेरिका ३२ रनले पराजित
रामेछाप बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो, चालक नियन्त्रणमा
प्रतिक्रिया