सोमबार, माघ १२, २०८२

भीम रावल फकाउन निवासमै पुगे माधव नेपाल

मेरोन्यूज २०७८ साउन ६ गते १७:०६

काठमाडौँ । नेकपा एमालेका नेता माधव नेपाल पक्षको स्थायी कमिटी बैठकमा उपाध्यक्ष भीम रावल अनुपस्थित भएका छन् । उनी बैठकमा अनुपस्थित भएसँगै नेता नेपाल रावललाई फकाउन उनको निवास टोखा पुगेका छन् ।

उपाध्यक्ष रावलले सांसद पदबाट राजीनामा दिएर एमालेका दुवै पक्षसँग असहमति राख्दै आएका छन् । माधव नेपाल पक्षका मुख्य नेता रावलले नै असहमति जनाएपछि नेता नेपाल आफ्नो निर्णयबाट पछि हटेका छन् ।

काठमाडौँको बानेश्वरस्थित अर्याल होटलमा भएको आजको बैठक निर्णयक हुने भनिए पनि उपाध्यक्ष रावल अनुपस्थित भएसँगै सामान्य निर्णय गरेर टुंगिएको थियो । बैठकबाट निस्किँदै नेता रघुजी पन्तले पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्पष्टीकरण सोधेर एकतामा बाँझो हालेको प्रतिक्रिया दिएका थिए ।

यसअघि नेपाल पक्षले शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा विश्वासको मत दिने भएसँगै रावलले सांसद पदबाट राजीनामा दिएका थिए । यद्यपि उनको राजीनामा स्वीकृत भइसकेको छैन ।

प्रतिक्रिया