थप २,७१४ जनामा कोरोना पुष्टि, १,२८८ जना निको भए

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ७ १४ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार १ सय २२ जनाको पीसीआर बिधिबाट र ३ हजार ७ सय ७ जनाको एन्टीजेन विधिबाट गरी कुल १२ हजार ८ सय २९ जनाको कोभिड १९ परीक्षण हुदाँ २ हजार ७१४ जनामा कोरोना पुष्टि भएको हो ।
सोही अवधिमा २४ जना संक्रमितको मृत्यु भएको छ । त्यसैगरी १ हजार २८८ जना संक्रमणबाट मुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ७५१ जना थपिएका छन् । देशभरका कोभिड अस्पतालका आइसीयूमा ६३५ र भेन्टीलेटरमा १७२ जना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै ५ सय भन्दा धेरै सक्रिय संक्रमित रहेका जिल्ला काठमाडौँ , ललितपुर, भक्तपुर, मोरंङ, सुनसरी, झापा, चितवन, कास्की, रुपन्देही र नवलपरासी गरी १० वटा छन् भने २४ जिल्लामा २ सय भन्दा धेरै सक्रिय संक्रमित रहेका छन् ।
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
प्रतिक्रिया