माणिमा गन्धर्व सङ्ग्रहालय तथा सांस्कृतिक केन्द्र निमार्ण

भरतपुर । वाग्मती प्रदेश सरकारले चितवनको माडीमा एकीकृत नमूना बस्ती र गन्धर्व सङ्ग्राहालय तथा सांस्कृतिक केन्द्र निर्माण गरेको छ । माडी नगरपालिका–८ कान्तिपुरमा निर्माण गरिएको एकीकृत नमूना बस्ती र गन्धर्व सङ्ग्राहालय तथा सांस्कृतिक केन्द्रको आज उद्घाटन गर्दै मुख्यमन्त्री डोरमणि पौडेलले गाउँगाउँमा सिंहदरबार भन्ने भनाइ मात्रै नभई व्यावहारिक रुपमा कार्यान्वयन भएको बताए ।
कान्तिपुरमा ४६ वटा नमूना घर निर्माण गरेर समुदायलाई हस्तान्तरण गरिएको छ । कृषिलाई पर्यटनसँग जोड्नका लागि होम स्टे स्थापनाका लागि एकिकृत नमुना वस्ती स्थापना गरिएको बागमती प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले बताए ।
कृषिलाई यान्त्रिकीकरण र आधुनिकीकरण गर्दै ग्रामीण स्तरका नागरिकको जीवनस्तरमा सुधार ल्याउन प्रदेश सरकारले चक्लाबन्दी खेतीको अवधारणा अघि सारेको उनले बताए ।
माडी नगरपालिकाका प्रमुख ठाकुरप्रसाद ढकालले माडीलाई प्रदेश सरकारले प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गरेको भन्दै धन्यवाद दिए । उनले पालिकाले पनि सामूहिक चक्लाबन्दी खेतीका लागि प्राथमिकता राखेर काम गरिरहेको जानकारी दिए ।













सेयर बजारमा सामान्य अंकको सुधार
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
NC leadership urged to take ownership of Special General Convention
समानुपातिक सूचीबाट १८ दलका १६४ उम्मेदवारले लिए नाम फिर्ता
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
रास्वपासँग एकता भाँडिएसँगै उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
कांग्रेस विशेष महाधिवेशन सुरु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया