प्रधानमन्त्री देउवा ‘लक्की’ हुनुहुँदो रहेछ : नेता सिंह

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री शेर बहादुर देउवा ‘लक्की’ भएको बताएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रधानमन्त्री देउवा साह्रै लक्की भएको बताएका हुन् ।
‘प्रधानमन्त्री देउवा लक्की हुनुहुँदो रहेछ, निर्वतमान प्रधानमन्त्री केपी शर्मा ओलीले पानी जहाज चलाइदिनु भयो, चुच्चे रेलले छिमेकी देशसँग सम्बन्ध जोडिदिनु भयो, चिल्लो बाटो बनाइदिनु भयो,’ नेता सिंहले भने, ‘प्रधानमन्त्रीले खासै केही काम गर्नु पर्दैन, कोरोना भाइरस नियन्त्रण र जनताको भावनाअनुसार काम गर्नु भए पुग्छ ।’
उनले देशमा कोरोना भाइरस (कोभिड–१९) विरुद्ध खोप सबै नागरिकलाई सरकारले व्यवस्था गर्नु पर्ने माग गरे । यस्तै, उनले देशमा कोरोनाले आक्रान्त बनाएको अवस्थामा भ्रष्टाचारको भाइरसले समेत आक्रान्त बनाएकाले रोक्नु पर्ने अवस्था आएको बताए ।
नेता सिंहले कोरोना नियन्त्रण गर्न सरकारले विशेष ध्यान दिने विश्वास गरे । उनले उद्योग तथा पर्यटन क्षेत्रमा ठूलो क्षति पुगेकाले पनि सरकारले ध्यान दिनु पर्ने अवस्था आएको बताए ।
















माघ १३ गते मंगलबार, कस्ताे रहला तपाइकाे आजकाे राशिफल ?
कैलालीमा कुटपिट गर्दा श्रीमतीको मृत्यु
यही माघ तेस्रो सातादेखि एचपिभी खोप लगाइँदै
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
दुई हजार एक सय जना एमालेमा प्रवेश
निर्वाचनको बेला कार्यकर्ताको मनोबल खस्किने अभिव्यक्ति नदिन ओलीलाई पाण्डेको जवाफ
नेपाली कम्युनिस्ट पार्टीले हरिबोल गजुरेलसहित ७ नेतालाई गर्यो निष्कासन
पूजाको अर्धशतकमा नेपालले जिम्बाबेलाई हरायो,सुपर- ६ मा पुग्ने सम्भावना
प्रतिक्रिया