कांग्रेस महाधिवेशन निर्धारित मिति मै हुनुपर्छ- नेता पाैडेल

भक्तपुर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको महाधिवेशन निर्धारित मितिमै हुनुपर्ने बताएका छन् । भक्तपुरको कौशलटारमा कांग्रेसका युवा नेता तथा लेखक गुरुराज घिमिरेको कविता सङ्ग्रह ‘मृत्युसँगको साक्षात्कार’ आज विमोचन गर्दै उनले निर्धारित मितिमा महाधिवेशन हुन नसके कांग्रेसको वैधानिकता गुम्ने खतरा हुने बताए ।
अहिले आफ्नो एकमात्र अर्जुन दृष्टि भनेकै निर्धारित महाधिवेशन गर्नुनै रहेको छ भन्दै उहाँले पार्टीलाई वैधानिकताबाट बचाउन र दर्ता नै खारेजी हुनबाट जोगाउन प्रतिनिधिमूलक ढङ्गले भएपनि महाधिवेशन गर्नुपर्नेे धारणा राखे । विधानले अप्ठ्ययारो नपार्ने विषयलाई मिलाउदै जान सकिने उनको भनाइ थियो ।
नेता कृष्णप्रसाद सिटौलाले कांग्रेसको आज बिहान बसेको बैठकमा पार्टी सभापति शेरबहादुर देउवा र नेता पौडेलले निर्धारित मितिमै महाधिवेशन हुन्छ भने पनि आफूलाई भने आशंका लागेको बताए । उनले भने, “पार्टीको क्रियाशील सदस्यको विवाद अहिलेसम्म नमिलेको अवस्थामा निर्धारित मितिमै महाधिवेशन हुन्छ भन्ने विश्वास कसरी गर्ने ।”
महामन्त्री डा शशांक कोइराला, नेताहरु शेखर कोइराला, डा मीनेन्द्र रिजाल, बलबहादुर केसी, अर्जुन नरसिंह केसी, दिपक गिरी, डा. चन्द्र भण्डारी, बद्री पाण्डेलगायतले राजनीति र साहित्यमा सफलता हासिल गर्न शुभकामना व्यक्त गरे । पूर्वमुख्य सचिव डा विमल कोइरालाको सभापतित्वमा सम्पन्न कार्यक्रममा साहित्यकार डा तुलसी भट्टराई, ज्ञानु अधिकारीलगायतले पुस्तकको समीक्षा गरेका थिए ।
















काठमाडौँमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
आज पनि काठमाडौँसहित देशका अधिकांश स्थानमा वर्षा
‘असमानता प्रतिवेदन २०२६’ सार्वजनिक
कांग्रेसकाे देउवा समूहले ओली र लेखक पक्राउको संवैधानिक र राजनीतिक प्रतिवाद गर्ने
जनअपेक्षा अनुसार काम गर्न कर्मचारीलाई सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
तीन महिनाका लागि एन्फा निलम्वन
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
प्रतिक्रिया