पार्टीमा फर्किनुस्, भविष्य किन सखाप पार्ने : अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालबाहेक सबै नेता तथा कार्यकर्तालाई पार्टीमा फर्कन आग्रह गरेका छन् । उनले प्रतिगमन गम्भीर अवस्थामा पुगेकाले पार्टीका फर्कन आग्रह गरेका हुन् ।
अखिल नेपाल महिला संघको बैठकलाई सम्बोधन गर्दै ओलीले आन्दोलनलाई कमजोर पार्ने काम भएको बताए । ‘पार्टीलाई माया गर्ने एमालेका कार्यकर्तालाई भन्न चाहन्छु, यो एक दुई जनाले बनाएको पार्टी होइन, हामी सबैको पसिना मिसिएको छ,’ ओलीले भने ।
ओलीले आफ्ना स्वार्थले प्रतिक्रियावादीको षडयन्त्रको अंग बनेर सरकार ढाल्नेहरूले हरेक गतिविधि छर्लंगै देखिएको बताए ।
‘आफ्ना सांसदलाई प्रलोभन देखाएर मतदानबाहिर लगेको देखेका छौँ, उनीहरू विरोधीको पछि–पछि लागेर राष्ट्रपति कहाँ गएको देखेका छौँ,’ ओलीले भने, ‘त्यस्ताको पछि लागेर आन्दोलन हुँदैन, आफ्नो भविष्य किन सखाप पार्ने, साथीहरू फर्किनुस् ।’
















विदेश पठाउने भन्दै २७ लाख ८० हजार ठगी गर्ने तीन जना पक्राउ
प्रतिनिधिसभा सदस्य निर्वाचनः निर्वाचन आचारसंहिता कडाइका साथ पालना गराउन उद्योगीको माग
त्रिशूली किनारमा भेटिएको ‘गणपति डिलक्स’काे उत्खनन स्थगित
ओलीसहितको सार्वजनिक बहसमा सहभागीता हुन बालेनले गरे अस्वीकार
विश्वकप अभ्यास : अन्तिम खेलमा श्रीलंकामाथि नेपालको शानदार जित
निर्वाचन ३९ दिन बाँकीः उम्मेदवारको वैयक्तिक विवरण सार्वजनिक
राष्ट्रियसभा निर्वाचनः दुई सिटका लागि बागमती र गण्डकीमा छ / छ जना प्रतिस्पर्धामा
देशभर ‘महिन्द्रा केयरफेस्ट २०८२’ सुरु, आकर्षक छुटका साथै बम्पर उपहारमा इलेक्ट्रिक स्कुटर
प्रतिक्रिया