स्वास्थ्य राज्यमन्त्रीमा श्रेष्ठले पाए जिम्मेवारी
मेरोन्यूज
२०७८ साउन १० गते १५:५८

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा सांसद उमेश श्रेष्ठलाई नियुक्त गरेका छन् । प्रधानमन्त्री देउवाले सांसद श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
प्रधानमन्त्री देउवाले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी आफैसँग राख्ने भएको छन् । उनले श्रेष्ठलाई राज्य मन्त्री नियुक्त गरी मन्त्रालयको कार्यभार सम्हाल्ने गरी तोकेको राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत जानकरी दिएको हो ।
देउवाले आफ्नै पार्टी नेपाली कांग्रेसका सांसद श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी दिएका हुन् । योसँगै मन्त्रिपरिषदमा ६ सदस्यीय पुगेको छ । यसअघि कांग्रेस र नेकपा माओवादी केन्द्रबाट दुई दुई जनाले मन्त्री पद सम्हालेका छन् ।

सम्बन्धित
















बाँकेमा ५२ पुरुष उम्मेदवारसँग प्रतिस्पर्धा गर्दै चार महिला
बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
मौसम पूर्वानुमान : कस्ताे रहला आज दिनभरकाे माैसम ?
ओलीसहितको सार्वजनिक बहसमा सहभागीता हुन बालेनले गरे अस्वीकार
देशभर ‘महिन्द्रा केयरफेस्ट २०८२’ सुरु, आकर्षक छुटका साथै बम्पर उपहारमा इलेक्ट्रिक स्कुटर
लामिछानेविरुद्धको मुद्दामा थप प्रमाण झिकाउन आदेश
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
नेकपालाई पहिलो शक्ति बनाउने गरी लाग्न नेता कार्यकर्तालाई प्रचण्डको निर्देशन
प्रतिक्रिया