जसपाका सांसद रेशम चौधरी पुगे आयोग (तस्वीरहरू)

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का निलम्बित प्रतिनिधिसभा सदस्य तथा कार्यकारिणी सदस्य रेशम चौधरी निर्वाचन आयोग पुगेका छन् । उनी डिल्लीबजार कारागारबाट कडा सुरक्षा घेराका बीच आयोग पुगेका हुन् ।

जसपाको आधिकारिकता विवाद टुंग्याउन आयोगले हस्ताक्षर सनाखत गर्ने भएसँगै चौधरी आयोग पुगेका हुन् । सुरुमा आयोगका पदाधिकारीहरू नै जेल जाने भनिए पनि चौधरी आफै आयोग पुगेका हुन् ।
कैलालीको टीकापुर घटनामा अदालतले उनलाई दोषी करार गरेपछि उनी काठमाडौंको डिल्लीबजारस्थित सदरखोर जेलमा बन्दी जीवन बिताउँदै आएका थिए । उनी निलम्बित सांसद हुन् ।

उनले आफू स्वयम आयोगमा उपस्थित हुने भएपछि आयोगमा जाने व्यवस्था गरिएको हो । उनी प्रहरीको गाडीमा आयोग पुगेका हुन् ।
चौधरी सुरुमा पार्टी अध्यक्ष महन्थ ठाकुरको पक्षमा भए पनि अहिले अर्का अध्यक्ष उपेन्द्र यादवमा देखिएका छन् ।



जुली गिरी
मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।
















काठमाडौँमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
आज पनि काठमाडौँसहित देशका अधिकांश स्थानमा वर्षा
‘असमानता प्रतिवेदन २०२६’ सार्वजनिक
कांग्रेसकाे देउवा समूहले ओली र लेखक पक्राउको संवैधानिक र राजनीतिक प्रतिवाद गर्ने
जनअपेक्षा अनुसार काम गर्न कर्मचारीलाई सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
तीन महिनाका लागि एन्फा निलम्वन
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
प्रतिक्रिया