रवीन्द्र मिश्रको प्रस्तावले विवेकशील साझामा तरंग : दुई संयोजक वीच मतभेद

काठमाडौं । विवेकशील साझा पार्टीका दुई संयोजकका वीचमा मतभेद देखिएको छ । संयोजक रविन्द्र मिश्रले संघीयताको खारेजी, धर्म निरपेक्ष राष्ट्रका बारेमा जनमतसंग्रह र राजतन्त्रका विषयमा सार्वजनिक गरेको धारणाले विवेकशीलमा दुई संयोजकका वीचमा मतभेद वढेको हो ।
संयोजक मिश्रले आज पार्टी नेताहरुलाई इमेलमार्फत र अन्य सर्वसाधारणका लागि समाजिक सन्जालमार्फत सार्वजनिक गरेको अवधारणा पछि पार्टीका अर्का संयोजक मिलन पाण्डेले असन्तुष्टि जनाएका छन् ।
मिश्रले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनप्रति संयोजक पाण्डेले सामाजिक सन्जलमार्फत नै असन्तुष्टि पोखेका छन् । १० वर्षे जनयुद्ध, १९ दिने जनआन्दोलन र माधेस आन्दोलनवाट प्राप्त गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता माथी नै प्रश्न उठाउने गरी मिश्रले राजावादी लाइन लिएपछि विवेकशील पार्टीको राजनीतिक कार्यदिशामाथी नै प्रश्न उठने भएपछि पाण्डेले असन्तुष्टि पोखेका हुन् ।
घोषणापत्र, प्रस्तावित विधान अनुसार विवेकशील साझा पार्टी सामाजिक न्याय, समावेशीता र गणतन्त्रको जगमा बनिरहेको प्रोग्रेसिभ पार्टी हो, पाण्डेले भनेका छन्, ुविगतमा भएका आन्दोलनका उपलब्धिहरूको रक्षा गर्ने र संविधानको पूर्णतः पालना गर्ने प्रतिबद्धतामा पार्टी दृढ छ । बाँकी विचारहरू नितान्त व्यक्तिगत हुन् ।
मिश्रको पछिल्लो प्रतिवेदनले विवेकशील पार्टी पञ्चगमनकारी पार्टी भएको र परिवर्तन स्वीकार गर्न नसकेको भन्ने आरोप लाग्न थालेपछि पाण्डेले मिश्रका अभिब्यीक्त नितान्त ब्यक्तिगत भउको प्रतिक्रिया दिएका हुन् ।
संयोजक मिश्रका विचारलाई पाण्डेले नितान्त व्यक्तिगत धारणाको संज्ञा दिएका हुन् । ती विचारसँग पार्टीको कुनै सम्बन्ध नभएको उनको भनाइ छ ।
संयोजक मिश्रले यस्तो अभिब्यक्ति सार्वजनिक गरेर पार्टीको वैकल्पिक राजनीतिक धारमाथी नै प्रहार गर्ने काम गरेको र पार्टीमाथी क्षति पुग्ने गरी प्रतिवेदन आएको भन्दै असन्तुष्टि पोखेको विवेकशील साझाका एक नेताले बताएका छन् ।
















अमेरिकाद्वारा इरानमा जमिनमा आधारित सैन्य कारबाहीको तयारी -रिपाेर्ट
आज केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
बिपी राजमार्गमा सवारी सञ्चालनमा रोक
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
प्रतिक्रिया