घरेलु टोली वेष्ट इन्डिजसँगको एक दिवसीय क्रिकेट श्रृंखला अस्ट्रेलियालाई

काठमाडौं । घरेलु टोली वेष्ट इन्डिजसँगको एक दिवसीय क्रिकेट श्रृंखला अस्ट्रेलियाले जितेको छ । ब्रिङटाउनमा भएको तेस्रो तथा अन्तिम एक दिवसीयमा वेष्ट इन्डिजलाई ६ विकेटले हराउँदै अस्ट्रेलियाले २–१ ले श्रृंखला जितेको हो ।
वेष्ट इन्डिजले दिएको १ सय ५३ रनको लक्ष्य अस्ट्रेलियाले ३० ओभर ३ बलमा ४ विकेट गुमाएर भेट्टायो ।
अस्ट्रेलियाका म्याथ्यु वेडले अविजित ५१ रनको अर्धशतकीय पारी खेले । पहिले ब्याटिङ गरेको वेष्ट इन्डिजले ४१ ओभर ५ बलमा अलआउट हुँदै १ सय ५२ बनाएको थियो । उसका लागि इभान लेविसले अविजित ५५ रन जोडे पनि अरुले राम्रो खेल्न सकेनन् ।
अस्ट्रेलियाका मिचेल स्ट्रार्कले ३ तथा जोस हेजलवुड, अस्टन अगर र एडम जाम्पाले दुई/दुई विकेट लिए ।
दोस्रो एक दिवसीयमा वेस्ट इन्डिजले अस्ट्रेलियालाई ४ विकेटले हराएको थियो भने पहिलो खेलमा अस्ट्रेलियाले वेस्ट इन्डिजलाई डर्कवर्थ लुइस पद्धतिका आधारमा १ सय ३३ रनले हराएको थियो ।
वेष्ट इन्डिजसँगको खेलपछि अस्ट्रेलिया पाँच खेलको टी–ट्वेन्टी श्रृंखला खेल्न बंगलादेश जाँदैछ ।













चुरोटभन्दा हानिकारक हुक्का
इरान प्रदर्शन : मृतककाे सङ्ख्या ६४६ पुग्यो
विशेष महाधिवेशनको स्वामित्व ग्रहण गर्न पार्टी नेतृत्वलाई आग्रह
Baglung adds 5,253 new voters for this poll
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
कांग्रेस विशेष महाधिवेशन सुरु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
प्रतिक्रिया