मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा प्रधानमन्त्री देउवा
मेरोन्यूज
२०७८ साउन १२ गते १३:०२

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । प्रधानमन्त्रीले आज केही मन्त्री थप गर्न लागेका बालुवाटार स्रोतले जानकारी दिएको छ ।
असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले हालसम्म ६ सदस्यीय मन्त्रिपरिषद् बनाएका छन् । देउवाले २९ गते आफूसँगै चार मन्त्रीलाई शपथ गराएका थिए । त्यसपछि देउवाले गत आइतबार स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई नियुक्त गरेका थिए ।
मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । दाहालले माओवादी कोटाबाट मन्त्री बन्नेको लिष्ट देउवालाई बुझाएको स्रोतले बताएको छ ।
सरकारमा सहभागिता लगायत विषयमा निर्णय गर्न जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी बैठक पनि मंगलबार नै बस्दैछ ।
सम्बन्धित
















विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
यस्ता छन् बालेन सरकारको शासकीय सुधारका सय कार्यसूची
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
काठमाडौँमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
प्रतिक्रिया