माओवादीद्वारा संविधान विपरित शेरचनलाई प्रदेश प्रमुखमा सिफारिस

काठमाडौं । माओवादी केन्द्रले संविधान विपरित गण्डकी प्रदेशको प्रदेश प्रमुखमा सिफारिस गरेको छ । माओवादीको आज बसेको स्थायी कमिटीको बैठकले अमिक शेरचनलाई गण्डकी प्रदेशको प्रदेश प्रमुखमा सिफरिस गर्ने निर्णय गरेको थियो ।
शेरचन यसअघि पनि गण्डकी प्रदेशको प्रदेश प्रमुख भएका थिए । उनलाई पुनः त्यही प्रदेशको प्रदेश प्रमुख बनाउनु संविधान विपरित हुने बताइएको छ । संविधानको धारा १६३ को उपधारा ४ अनुसार एउटै व्यक्ति एकभन्दा बढी एकै प्रदेशमा प्रमुख हुन नपाउने व्यवस्था रहेको छ । तर, माओवादीले यसको विपरित शेरचनलाई प्रदेश प्रमुख बनाउने निर्णय गरेको छ ।
सरकारले आज तीन प्रदेशका प्रदेश प्रमुख परिवर्तन गर्न लागेको छ । अहिले बसिरहेको मन्त्रिपरिषद्को बैठकबाट गण्डकी, लुम्बिनी र प्रदेश २ का प्रदेश प्रमुख परिवर्तन गर्न लागेको हो । नेकपा माओाावादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको छलफलपछि प्रधानमन्त्री शेर बहादुर देउवाले मन्त्रिपरिषदको बैठक बोलाएका थिए ।
मन्त्रिपरिषदको बैठकबाट गण्डकी प्रदेशमा माओवादी, लुम्बिनी प्रदेशमा नेपाली कांग्रेस र प्रदेश २ मा जनता समाजवादी पार्टी जसपाबाट प्रदेश प्रमुख नियुक्ति गर्न लागेको हो । यस्तै, नेकपा एमाले माधव कुमार पक्षबाट पनि केही दिनपछि प्रदेश प्रमुख बनाउने तयारी भइरहेको छ ।
माओवादी अध्यक्ष प्रचण्ड र नेपालबीच आज भएको वार्तामा सरकारमा जान तयार भएपछि प्रदेश प्रमुख पनि बनाउने सहमति भएको बताइएको छ ।















भाषा आयोगका सदस्य सुरेश मानन्धरको निधन
सार्क–जापान विशेष कोषसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
पश्चिमी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना
प्रधानन्यायाधीशका लागि ६ न्यायाधीशको नाम सिफारिस
समानुपातिक प्रणालीतर्फको मतगणनाकाे काम आज सकिदै
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
हर्क साम्पाङको माग: सरकारको नेतृत्व बालेन हाेइन रविले गर्दा राम्रो !
जेनजी आन्दोलनकाे प्रतिवेदन बुझाएपछि आयोगले भन्याे – दोषीमाथि कारबाही सिफारिस गरेका छौँ
आफ्ना उर्जा पूर्वाधारमा अमेरिकी आक्रमण नरोके खाडी देशका उर्जा पूर्वाधारमा आक्रमण गर्ने इरानको चेतावनी
प्रतिक्रिया