उपेन्द्रले गरे ठाकुरको पक्षमा उभिएका १६ कार्यकारिणी समिति सदस्यलाई कारबाही
मेरोन्यूज
२०७८ साउन १२ गते १९:४४

काठमाडौँ / जनता समाजवादी पार्टी(जसपा) कार्यकारिणी समिति अब ३४ सदस्यीय भएको छ । आज पार्टी कार्यालय बालकुमारीमा बसेको कार्यकारिणी समिति बैठकले ३४ सदस्यीय कार्यसमिति बनाउने निर्णय गरेको नेता महेन्द्र राययादवले जानकारी दिए ।
जसपाको संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव समूहलाई सोमबारमात्रै पार्टी विवादमा आधिकारिकता दिने निर्णय निर्वाचन आयोगले गरेको थियो ।
आयोगमा दर्ता ५१ सदस्यीय कार्यकारिणी समितिमा ‘हेड काउन्ट’ मा ३४ जनाले यादव समूहमा देखिएका थिए । बाँकी १६ जना भने अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोको पक्षमा देखिएका थिए । महतो समूहमा देखिएका १६ जनालाई कार्यकारिणी समितिबाट हटाएर ३४ सदस्यीय कार्यकारिणी समिति बनाउने निर्णय भएको राययादवले जानकारी दिए ।
सम्बन्धित










छिटो राहदानी बनाइदिने भन्दै विचौलियाको काम गर्ने ८ जना पक्राउ
गोरखामा ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु
जेनजी आन्दोलनका घाइतेलाई तत्काल १५ हजार दिने सरकारको निर्णय
पोखरालाई विराटनगरकाे विशाल लक्ष्य
हाजिरीमा सिमित छन् फिर्ता बोलाइका राजदूत
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
बढ्यो पेट्रोल र डिजेलको मूल्य
एकैदिन तोलामा ६ हजार ९०० ले घट्यो सुनको मूल्य
सञ्चारमन्त्री खरेल स्वदेश फिर्ता
प्रतिक्रिया