ई–सेवाबाट चिरायु अस्पतालमा अपोइन्टमेन्ट सेवा लिन सकिने

काठमाडौं । चिरायु राष्ट्रिय अस्पतालमा उपचार गर्न तथा डाक्टरसँगको परामर्शका लागि अनलाइनबाट अपोइन्टमेन्ट लिन मिल्ने भएको छ ।
ई–सेवा र कोजेन्ट हेल्थको सहकार्यमा सुरु भएको ई–अपोइन्टमेन्ट प्लेट फर्ममा अस्पताल आबद्ध भएसँगै अनलाइनबाट अपोइन्टमेन्ट लिन मिल्ने भएको हो ।
अनलाइन अपोइन्टमेन्टको कारण अस्पतालको ओपिडी सेवा चुस्त बनाउने र बिरामीको सन्तुष्टि बढाउने अपेक्षा अस्पतालले गरेको छ । बिरामीले घरबाटै अपोइन्टमेन्ट लिने र भुक्तानी गर्न सकिने भएकाले अस्पतालमा लाइन लाग्नु नपर्ने तथा समयको बचत हुने बताइएको छ ।
कोजेन्ट हेल्थ र ई–सेवाले अस्पतालमा अनलाइनबाट अपोइन्टमेन्ट लिन सकिने सेवाको सुरु गरेसँगै उक्त प्लेटफर्ममा आबद्ध हुने अस्पतालको संख्या बढेकोसमेत बताइएको छ ।
कोजेन्ट हेल्थ प्रालि स्वास्थ्य सूचना प्रविधि क्षेत्रको नवप्रवर्तन कम्पनी हो । कम्पनीले इलेक्ट्रोनिक मेडिकल रेकर्ड (ईएमआर) मा आधारित अस्पताल तथा स्वास्थ्य संस्थाको व्यवस्थापनलाई पूर्ण रुपमा डिजिटलाइज गर्नका लागि प्रविधि निर्माणको काम गर्दै आएको छ ।
कोजेन्ट हेल्थ र ई–सेवाले निर्माण गरेको ई–अपोइन्टमेन्ट र क्यूआर पेमेन्टलगायत कोजेन्ट ईएमआर, कोजेन्ट ईएमआर वेब र स्मार्ट स्वास्थ्य जस्ता प्रविधिहरु नेपाल भरका सयभन्दा बढी अस्पताल र स्वास्थ्य संस्थामा प्रयोग भइरहेका छन् ।
















मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
काठमाडौंमा पनि हल्का वर्षा
National Anti-Money Laundering Day today
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
मुस्ताङ, हुम्ला र बाजुरामा वर्षासँगै भारी हिमपात
देशभर ‘महिन्द्रा केयरफेस्ट २०८२’ सुरु, आकर्षक छुटका साथै बम्पर उपहारमा इलेक्ट्रिक स्कुटर
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
नेकपालाई पहिलो शक्ति बनाउने गरी लाग्न नेता कार्यकर्तालाई प्रचण्डको निर्देशन
लामिछानेविरुद्धको मुद्दामा थप प्रमाण झिकाउन आदेश
कोशीमा रोशनी मेचे राष्ट्रिय सभा सदस्य निर्वाचित
प्रतिक्रिया