बुधबार, माघ १४, २०८२

उकालो लाग्यो नेप्से

मेरोन्यूज २०७८ साउन १३ गते १५:४९

काठमाडौं । नेप्सेले लगातार उचाई लिँदै गर्दा लगानीकर्ताहरु समूहगत स्टक बढाउने र घटाउने खेलमा व्यस्त देखिएका छन् ।

नेपाल राष्ट्र बैंकको असल कर्जामा थप शून्य दशमलव ३ प्रतिशत प्रोभिजन दिने भएपनि मंगलबार २९ अंकले बढेको नेप्से आज बुधबार १५ दशमलब ३ अंकले उकालो लागेको छ ।

बजार परिसुचक अघिल्लो दिनको तुलनामा शुन्य दशमलब ५ प्रतिशतले बढेर ३ हजार ९४ दशमलब ९४ बिन्दुमा पुगेको छ ।

कूल २ सय १९ कम्पनीको १ लाख २८ हजार ७ सय ८० कारोबारबाट १३ अर्ब २९ करोड १९ लाख ५४ हजार ५ सय ३५ रुपैयाँ बराबरका २ करोड ८१ लाख ७० हजार १ सय ७२ कित्ता शेयर किनबेच भएको स्टक एक्सेञ्जले जनाएको छ ।

बैंकिङ समूह, जलविद्युत् र उत्पादनमुलक समूहमा आएको ठूलो गिरावटका बाबजुत पनि अन्तिम समयमा बजार परिसु्चक उकालो लागेको हो ।

सोमबार र मंगलबार अधिकांश जलविद्युत् कम्पनीको मूल्य बढेको थियो भने कतिपयको सर्किट लेवलमा कारोबार भएको थियो ।

बुधबार सबैभन्दा बढी कारोबार यूनाइटेड मोदी हाइड्रोपावरको ३८ करोड ५३ लाख ६९ हजार रुपैयाँ छ । उच्च १० करोबारमध्ये ८ वटा जलविद्युत् कम्पनीका छन् ।

प्रतिक्रिया