‘सङ्घीय निजामती सेवा विधेयक’ पारित गर्न माग

काठमाडौं । राष्ट्रियसभाका सांसदले ‘सङ्घीय निजामति सेवा विधेयक’ जतिसक्दो चाँडो संसबाट पारित गरी जनतालाई सुशासनको अनुभूति दिन माग गरेका छन् ।
राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सांसद उदया शर्मा पौडेले भने, “स्थायी सरकार निजामति सेवालाई मनोमानी चलाउनु भनेको पारदर्शीता नहुनु हो, त्यसैले जतिसक्दो चाँडो राष्ट्रसेवक कर्मचारीको मनोबल बढाउन र सुशासनको प्रत्याभूति गराउन विधेयक अगाडि बढाउन आग्रह गर्दछु ।”
सांसद प्रकाश पन्थले संविधानमा व्यवस्था भएको समावेशी समानुपातिक व्यवस्थालाई कार्यान्वयन गर्नुपर्ने माग गरे । उनले अब गठन हुने मन्त्रिपरिषद्लाई समावेशी बनाउन पनि अनुरोध गरे ।
वर्तमान सरकारसँग जनताको आशा र भरोसा भएको उहाँको भनाइ छ । सांसद देवेन्द्र दाहालले सरकारले भ्रष्टाचारीलाई संरक्षण गर्न नहुनेमा जोड दिए । उनले सरकार बाढीपहिरो र विपत्तिमा परेका जनताका सवाल केन्द्रित हुन नसकेको दोष लगाए ।
सांसद रामनारायण विडारीले सर्वोच्च अदालतको परमादेशबारे राजनीतिक दलका नेताले गरेको टिप्पणीले संवैधानिक नैतिकतामाथि विवाद सिर्जना भएको टिप्पणी गरे ।
सांसद दिलकुमारी रावलले नागरिकतासम्बन्धी विधेयकलाई अगाडि बढाउनुपर्नेमा जोड दिइन् । उनले निर्वाचन कानूनलाई समयअनुसार परिमार्जन गर्नुपर्ने मागसमेत गरिन् ।
सांसद गङ्गाकुमारी बेल्वासेले निजामति कर्मचारी सेवा विधेयकलाई छिटो ल्याउनुपर्ने र आयोगमार्फत सुकुम्बासीका समस्या समाधान गर्नुपर्ने बताइन् ।
उनले विगतका सरकारले गरेका राम्रा कामलाई अगाडि बढाउन सरकारसँग आग्रह गुरिन् । सांसद इन्द्रिरादेवी गौतमले राजनीतिक स्वार्थका लागि सुकुम्बासी आयोग खारेज गर्न नहुने बताइन् ।
सांसद जीतेन्द्रनारायण देव, शान्तिकुमारी अधिकारी, चक्रप्रसाद स्नेही, खिमलाल देवकोटाले मुलुकको समसामयिक विषयलाई उठान गरेका थिए ।
















पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा
चिनियाँ परराष्ट्रमन्त्रीद्वारा मन्त्री खनाललाई बधाई, द्विपक्षीय सम्बन्ध सुदृढ बनाउने प्रतिबद्धता
भारत सरकारद्वारा थप १९ थान वान टन सवारी हस्तान्तरण
इरानका संवेदनशील क्षेत्रमा आक्रमण, तर जोखिम न्यून
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
अनैतिक क्रियाकलापमा संलग्न युगाण्डाका २० महिला ठमेलबाट पक्राउ
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
आइसीसी महिला च्यालेन्ज ट्रफी खेल्ने प्रारम्भिक टोली घोषणा
प्रतिक्रिया